Kanakai Online

राजेन्द्र पोखरेल बने कनकाई नगरवाशीको अविभावक


सोमवार, असार १९, २०७४ |

 
लीलाराज झापाली
आफ्नै मित्र एकराज उप्रेतीलाई  २ हजार २ सय १९ मतको विशाल मतअन्तरले स्थानिय तहको पहिलो निर्वाचनमा हराएका राजेन्द्रकुमार पोखरेल   आजको दिनदेखि कनकाई नगरपालिकाको मेयर बनेका छन् ।
आज साँझ निर्वाचन आयोगद्धारा घोषणा गरिएको मत परिणाममा नेकपा एमालेबाट मेयरको उम्मेद्धार बन्नुभएका पोखरेलले जम्मा ८ हजार ४ सय १६ मत पाउनुभएको छ । उहाँका  निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्धार एकराज उप्रेतीले ६ हजार १ सय ९७ मत पाउनुभएको थियो जुन पोखरेलको भन्दा २२ सय १९ मतले कम हो ।
यसैगरी नेकपा एमालेबाटै उपमेयको उम्मेद्धार बन्नुभएकी मन्जु प्रसाई पनि ८ हजार ५ सय ७६ मत ल्याएर उपमेयर  बन्नुभएको छ । उहाँकी निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी कविता वस्नेतले जम्मा ६ हजार ५ सय ७९ मत ल्याउनुभएको छ । उपमेयरमा समेत मन्जुले १९९७ मतअन्तरले जित निकाल्नुभएको छ । यो जित सगै  झापामा एमालेले नगरपालिकामा पहिलो खाता खोलेको छ ।
कनकाई नगरपालिकामा माओवादी केन्द्रका मेयर गोपाल  चुडालले ६३५ मत र उपमेयर शान्ता अधिकारीले ९७३ मत ल्याउनुभएको थियो । राप्रपाका मेयरमा उम्मेद्धार केदार गिरीले समेत ३०७ मत मात्रै ल्याउनुभएको थियो भने उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले ५२५ मत ल्याउनुभएको थियो । यसैगरी स्वतन्त्र उम्मेद्धार दिनुभएको भीमप्रसाद अधिकारीले (इस्टकोट ) २१२७ मत ल्याउदा उहाँसगै स्वतन्त्र उम्मेद्धारी दिनुभएका धर्मलाल राजवंशी (कागजको फिरफीरे ) चिन्हमा ७४१ मत ल्याउनुभएको थियो । यसैगरी मेयरमा नेकपा मालेका प्रेम दाहालले जम्मा ३६ मत ल्याउनुभयोभने संघिय लोकतान्त्रि राष्ट्रिय मंच बाट मेयरमा (घर) चिन्हमा उठ्नुभएका हाङ्गबीर राईले १०८ मत ल्याउनुभयो । यसैगरी उपमेयरमा उठ्नुहुने हरिभक्त संग्रौलाले २० मत ल्याउनुभयो ।
कनकाई नगरपालिकाका ९ वडा मध्ये ६ वडामा नेकपा एमाले र ३ वर्डामा नेपाली कांग्रेसले विजय हासिल गरेको  छ । जसमा एमालेवाट १ नम्बरमा रोषनराज पोखरेल , २ नम्बरबाट परशुराम गिरी , ४ नम्बरमा गोविन्द पौडेल , ५ नम्बरमा कृष्ण राई । ७ नम्बरमा लीला कन्दङ्बा र ८ नम्बरमा  प्रेम कटुवाल विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसबाट ३ नम्बर वार्डअध्यक्षमा रुद्रप्रसाद चिमरिया , ६ नम्बरमा लक्ष्मीप्रसाद ओली र ९ नम्बर वार्डमा प्रेम राजवंशी विजयी हुनुभएको थियो ।
विजयी घोषणा हुनसाथ एमालेका सयौँ सुभचिन्तक तथा स्वतःस्फुत रुपमा सुरुङ्गा बजारमा निस्किएको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।
को हुन राजेन्द्रकुमार पोखरेल ?
राजेन्द्रकुमार पोखरेल हालका ५० हजार जनसङ्ख्या रहेको बन्दमुक्त कनकाई नगरपालिकाका प्रमुख हुन् । ५३ वर्षिय पोखरेल स्नातक सम्मको अध्यान पुरा गरेका छन् । कनकाई नगरपालिका १ मा वसोवास गर्दै आएका पोखरेल यसअघि सुरुङ्गा गाविसको एक कार्यकाल निर्वाचित गाविस उपाध्यक्ष चलाइसकेका अनुभवी जनसेवक हुन् भने उनी एक कार्यकाल जिविस सदस्यमा समेत निर्वाचित भइसकेका छन् । सामुदायिक वन महासंघ केन्द्रिय समितिका संस्थापक समेत रहेका पोखरेल निर्माणधिन कनकाई खेलकुद प्रतिष्ठानका मुख्य योजनाकार समेत हुन उनलाई जिताउन प्रतिष्ठानका प्राय सवै पदाधिकारी र सदस्यहरु लागेकाले समेत उनले यो फराकिलो जित निकाल्न सफ लबनेका हुन् ।

सम्बन्धित खबर