लीलाराज झापाली
। कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रका दुई गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
हल्दीवारी गाउँपालिकाको अध्यक्षमा रविन्द्र लिङ्देनले ३९४३ मत ल्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेकपा एमालेकी मन्जु सिटौलाले ३५४३ मत ल्याउनुभयो ।
यसैगरी उपाध्यक्षमा नेकपा एमालेका डम्बर गिरी ४३८६ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका चन्द्रकला राईले २७४७ मत ल्याउनुभयो । गाउँपालिको अध्यक्षमा विजयी हुने लिङ्देन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका सहोदर भाई हुनुहुन्छ । यसैगरी हल्दीवारी गाउँपालिकाको ५ वटा वडाहरुमा सवै मुख्यपार्टीहरुले जित हातपारेका छन् ।
नेकपा एमालेले वार्डनम्बर १ मा त्रिलोचन सापकोटा , र ३ मा रोशनी शिवाकोटी , २ नम्बर वार्डमा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङ्ग , ४ नम्बरमा नेपाली कांग्रेसका होम चुडाल र ५ नम्बर वार्डमा राप्रपाका वार्डअध्यक्ष शेरबहादुर नेम्वाङ्ग विजयी हुनुभएको छ ।
यसैगरी नेपालकै होचो क्षेत्र कचनकवल गाउँपालिकामा समेत राप्रपाका अध्यक्ष र उपाध्यक्षकै उम्मेद्धार विजयी हुनुभएको छ ।
गाउँपालिकाको अध्यक्षमा राप्रप्राका उम्मेद्धार अन्जार आलम ५८१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले ५३५३ मत ल्याउनुभयो । आलमले राजवंशीलाई ४६१ मतले पराजित गर्नुभयो । एमालेका गाउँपालिकाका अध्यक्ष शेरबहादुर खत्रीले ३९७२ मत ल्याउनुभयो ।
यसैगरी उपाध्यक्षमा समेत राप्रपाकी निनासरी राजवंशीले ५७७५ मत ल्याउदै विजयी हुनुभयो । उहाँकी निकत्तम प्तिद्धन्द्धी नेपाली कांग्रेसकी गिता ओडारीले ५०७३ मत ल्याउनुभयो ।
जम्मा ७ वडा रहेको गाउँपालिकामा १ , ३ र ५ नम्बर वडामा राप्रपा विजय भएको छ । जसमा १ नम्बर वार्डमा लक्ष्मीनाययण यादव ८६० मत , ३ मा विजयकुमार राजवंशी ८७७ मत र ५ मा महेशलाल गणेश ( ८३७) विजयहुनुभएको छ भने ४ र ७ नम्बर वार्डमा नेपाली कांग्रेसका वडाअध्यक्षहरु ४ मा प्रमाणसिंह राजवंशी ८७७ मत र ७ नम्बरमा माभरत राजवंशी ६९५ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी वार्डनम्बर २ र ६ मा नेकपा एमालेका वार्डअध्यक्षका उम्मेद्धारहरु २ मा मेखराज भट्टराई ६९७ मत ल्याएर तथा ६ नम्बर वार्डमा कुलबहादुर कार्की ९५९ मत ल्याएर विजयी हुनुभएको छ ।