Kanakai Online

झापाको स्थानीय तहको निर्वाचनको मतगणना जारी अधिकांस स्थानमा एमाले अगाडि


बिहिवार, असार १५, २०७४ |

 
लीलाराज झापाली / 
झापाका १५ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा एमालेका उम्मेद्धारहरुले सुरुवाती अग्रता लिएका छन् , भने मेचीनगरमा कांग्रेस र एमालेका मेयर पदका उम्मेद्धारको वरावरी मत आएको छ ।
विर्तामोड नगरपालिकामा एमालेले अग्रता लिएको छ । जम्मा १३०० मत गणना हुदा एमालेका मेयर उम्मेद्धारले ४७८ र उपमेयरका उम्मेद्धारले ५४९ मत , काग्रेसका मेयरपदका उम्मेद्धारले ३५१ मत र उपमेयरका उम्मेद्धारले ३८४ मत र माओवादी केन्द्रका मेयरका उम्मेद्धारले ११० मत र उपमेयरका उम्मेद्धारले १०७ मत ल्याउनुभएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकामा समेत नेकपा एमालेका उम्मेद्धारले सुरुवाती अग्रता लिएका छन् । जहाँ १०५७ मत गणना हुदा एमालेका मेयरका उम्मेद्धार हरि राना ५६५ मतका साथ अगाडि रहेका छन् भने उपमेयरमा एमालेकै उम्मेद्धारले ५३४ मत ल्याएकी छिन । दोस्रो स्थानमा कांग्रेसका उम्मेद्धारले ३०२ मत ल्याउनुभएको छ भने उपमेयरमा कांग्रेसकै उम्मेद्धारले३३९ मत ल्याउनुभएको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेद्धारले ४८ मत ल्याउनुभएको छ भने उपमेयरमा ५२ मत ल्याउदा राप्रपाका मेयरका उम्मेद्धारले ११ र उपमेयरका उम्मेद्धारले जम्मा ८ मत ल्याउनुभएको छ ।
भद्रपुर नगरपालिकामा १५४० मत गणना हुदा  मेयरमा एमालेले ४८० र उपमेयरमा ५३५ मत ल्याउनुभएको छ भने कांग्रेसका उम्मेद्धारले मेयरमा ३३३ मत र उपमेयरमा ३०१ मत यसैगरी माओवादी केन्द्रका मेयरका उम्मेद्धारले ३१९ मत र उपमेयरका उम्मेद्धारले २६१ मत ल्याउनुभएको छ । राप्रपाका मेयरका उम्मेद्धारले १९५ मत र उपमेयरका उम्मेद्धारले १९२ मत ल्याउनुभएको छ ।
यसैगरी मेचीनगर नगरपालिकाको २०० मत गणना भएको छ जसमा नेपाली कांग्रेसका मेयरका उम्मेद्धारले ७८ मत र उपमेयरका उम्मेद्धारले ८९ मत एमालेका मेयर पदका उम्मेद्धारले समेत समान ७८ मत ल्याउदा उपमेयरकी उम्मेद्धारले ७६ मत र माओवादी केन्द्रका मेयर पदका उम्मेद्धारले २२ मत र उपमेयरकी उम्मेद्धारले २५ मत ल्याउनुुभएको छ ।
कनकाई नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर र मतगणना भईरहेको वार्डनम्बर १ मा अग्रता हासिल गरेको छ । साँझ अवेर ८ बजेसम्ममा कुल ११ सय मतगणना भएकोमा मेयरमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेलले ५९४ मत  ल्याउनुभएको छ , भने उपमेयरमा मन्जु प्रसाईले ५०५ मत ल्याउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका मेयर पदका उम्मेद्धार एकराज उप्रेतीले ३७६ मत ल्याउनुभएको छ भने उपमेयरकी उम्मेद्धार कविता घिमिरेले ४०४ मत ल्याउनुभएको छ ।
यसैगरी स्वतन्त्रका उम्मेद्धार भीमप्रसाद अधिकारीले मेयरमा ३८ मत र अर्का स्वतन्त्रकै उपमेयरका उम्मेद्धार धर्मलाल राजवंशीले ४३ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका मेयर पदका  उम्मेद्धार गोपाल चुडालले १४ मत र उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झाले २७ मत ल्याउनुभएको छ । राप्रप्राका मेयर पदका उम्मेद्धार केदार गिरीले १५ मत र उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले ३१ मत ल्याउनुभएको छ ।
मालेका मेयर पदका उम्मेद्धार प्रेम दाहालले १ मत ल्याउनुभएको छ ।
यसैगरी गौरादह नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरपदका उम्मेद्धारले ६६८ मत ल्याउनुभएको छ भने उपमेयरमा एमालेकै उम्मेद्धारले ६२२ मत ल्याउनुभएको छ । कांग्रेसका मेयरका उम्मेद्धारले ३४९ मत ल्याउनु भएको छ भने उपमेयरमा कांग्रेसका उम्मेद्धारले २६३ र माओवादी केन्द्रकाका मेयर पदका उम्मेद्धारले १५९ मत ल्याउनु भएको छ भने उपमेयरमा माओवादी केन्द्रका उम्मेद्धारले १७८ मत ल्याउनु भएको छ ।
झापा गाउँपालिकामा ९५० मत गणना हुदा  अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्धारले २७६ मत ल्याएर अग्रता कायम गरिरहनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै उम्मेद्धारले १८५ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका उम्मेद्धार रुद्र बजगाँईले १५५ मत ल्याएर दोस्रो स्थानमा रहनुभएको छ भने उपाध्यक्षमा संघिय समाजवादी फोरमका उम्मेद्धारले १८० मत ल्याएर दोस्रो स्थानमा रहनुभएकोझापा गाउँपालिकाका निर्वाचन प्रमुख रोषन शंकर घिमिरेले जानकारी दिनुभयो  । सो गाउँपालिकामा माओवादी केन्द्र र फोरमले चुनावी तालमेल गरेका थिए ।
यसैगरी एमालेका अध्यक्ष पदका उम्मेद्धार गजेन्द्र ताम्लीले १३६ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा एमालेकी उम्मेद्धारले १६३ मत ल्याउनुभएको छ ।
यसैगरी गौरीगन्ज गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाकाृे अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्धारले १४३० मतगणना हुदा ४४० मत ल्याउनुभएको छ भने उपाध्यक्षमा ३२८ मत ल्याउनुभएको छ । यसैगरी एमालेका अध्यक्षका उम्मेद्धारले ३७३ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा ४१८ मत ल्याउनुभएको छ , कांग्रेसका अध्यक्षका उम्मेद्धारले ३६९ मत ल्याउनुभएको छ भने उपनध्यक्षमा ४०९ मत ल्याउनुभएको छ ।
यसैगरी पछिल्लो मतगणना अनुसार झापाको कमल गाउँपालिकामा अध्यक्षमा एमालेका उम्मेद्धारले ६७५ मत ल्याएर अग्रता लिनुभएको छ भने उपाध्यक्षमा एमालेका उम्मेद्धारले ६९२ मत ल्याउनुभएको छ , कांग्रेसका अध्यक्षका उम्मेद्धारले ४०२ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा ३७३ मत ल्याउनुभएको छ । यसैगरी माओवादी केन्द्रका अध्यक्षका उम्मेद्धारले १९२ मत ल्याउनुभएको छ भने उपाध्यक्षका उम्मेद्धारले २०३ मत ल्याउनुभएको छ ।
यसैगरी हल्दीवारी गाउँपालिकामा अध्यक्षमा कांग्रेसका अध्यक्षका उम्मेद्धारले ३१४ मत ल्याएर अग्रता कायम गरिरहनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै उम्मेद्धारले २९५ मत ल्याउनुभएको छ । यसैगरी एमालेका अध्यक्षका उम्मेद्धारले २४७ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा २४९ मत ल्याउनुभएको छ , यसैगरी माओवादी केन्द्रका अध्यक्षका उम्मेद्धारले २०० मत ल्याउनुभएको छ भने उपाध्यक्षमा १७५ मत ल्याउनुभएको छ ।
यसैगरी बाह्रदशीमै राप्रपाका अध्यक्षका उम्मेद्धारले २८ मत र उपाध्यक्षका उम्मेद्धारले ४२ मत ल्याउनुभएको छ ।
फोटो ः कनकाई नगरपालिकामा मतगणना गरिदै ः तस्वीर लीलाराज झापाली