Kanakai Online

कनकाईमा ७०० मत गन्दा एमालेका राजेन्द्र दोब्बर मतले अगाडि


बिहिवार, असार १५, २०७४ |

लीलाराज झापाली
कनकाई नगरपालिकामा नेकपा एमालेको प्यानलैले चुनावी अग्रता कायम गरीरहदा एमालेका राजेन्द्र पोखरेलले आफ्नो अग्रतालाई दोब्बर बनाएका छन् । आज ३ बजेसम्मको मतगणनामा ७०० मतगन्दा राजेन्द्रले यो अग्रता बनाएका हुन ।
राजेन्द्रले ४१२ मत ल्याउदा उनलाई पछ्याउने कांग्रेसका एकराज उप्रेतीले २१९ मत मात्रै ल्याएका छन् । आज ३ बजेसम्मको नतिजामा ७०० मत गणनाहुदा नेकपा एमालेको पुरै प्यानलै अगाडि देखिएको छ । निर्वाचन आयोगले कनकाई नगरपालिकाको ९ वार्डमध्ये १ नम्बर वार्डवाट हिजो राती १ वजेपछिमात्रै मतगणना सुरु गरेको थियो । भने २ बजेदेखि कनकाईमा म्यानपावर थपेर २ स्थानमा मतगणना सुरु गरिएको छ । जसमा ९ नम्बर वार्डमा समेत मतगणना जारी छ ।
पहिले मतगणनामा मेनपावरको कमि भन्दै एक स्थानमा मात्रै मतगणना गरिएको थियो । हाल थप १ स्थानमा मतगणना थालिएकोले मतगणना छिटो हुने छ । मेयर पदमा एमालेका उम्मेद्धार पोखरेलले १९३ मतले कांग्रेसका उम्मेद्धार उप्रेतीलाई जित्नुभएको छ ।
यसैगरी उपमेयरको उम्मेद्धारमा एमालकी मन्जु प्रसाईले ३५१ मत ल्याउदा कांग्रेसकी कविता वस्नेतले १८० मत ल्याएकी छिन । उपमेयरमा समेत एमालेकी उम्मेद्धार प्रसाईले ७१ मतले पछि पारेकी छिन् । एमाले र कांग्रेस पार्टीबाहेक अन्य दलको भने ज्यादै न्युन मत आएको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार गोपाल चुडालको जम्मा ११ मत आउदा उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झाको जम्मा १४ मत आएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेद्धार केदार गिरीले जम्मा ९ मत ल्याउदा उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले जम्मा २० मत ल्याएकी छिन् । यसैगरी नेकपा मालेका मेयर पदका उम्मेद्धार प्रेम दाहालले १ मत ल्याएर खाता खोल्न सफल हुनुभएको छ भने , संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका मेयर पदका उम्मेद्धार हाङ्गबीर राईले अहिलेसम्म खाता खोल्न सक्नुभएको छैन ।
स्वतन्त्रबाट इस्टकोट चिन्हमा उठ्नुभएको भीमप्रसाद अधिकारीले हालसम्म १३ मत ल्याउनुभएको छ भने उहाँकै पक्षमा उपमेयरमा उठ्नुहुने फिरफिरे चिन्हमा धर्मलाल राजवंशीले जम्मा ५ मत ल्याउनुभएको छ । यसैगरी स्वतन्त्रकै पदमा उपमेयरमा माओवादी बैद्य समुहबाट उम्मेद्धारी दिने हरिभक्त संग्रौलाले समेत हालसम्म खाता खोल्न सकेका छैनन् ।
यसैगरी वार्डअध्यक्षको पदमा समेत एमालेकै उम्मेद्धार अगाडि देखिएका छन् । एमालेका रोशनराज पोखरेलले ३२४ मत ल्याउदा कांग्रेसका वार्डअध्यक्षका उम्मेद्धार सम्भु खड्काले २२५ मत माओवादी केन्द्रका हरिबहादुर राउतले १८ मत र राप्रप्राका विष्णु ओलीले ७२ मत ल्याएका छन् ।
यसैगरी वार्डसदस्यमा समेत एमालेका देविप्रसाद अधिकारीले २८७ र पुन्यहरि चौधरीले २४० , कांग्रेसका मोहन खतिवडाले २३६ र पदम भुजेलले २३८ मत ल्याएका छन् ।माओवादी केन्द्रका डम्बरबहादुर दर्जीको २६ मत दलबहादुर विश्वकर्माको ५६ मत र राप्रप्राका खड्गप्रसाद वरालको जम्मा ९४ मत आएको छ । यसैगरी महिला सदस्यमा एमालेकी सिता अधिकारीले ३०३ मत , कांग्रेसकी सकुन्तला खत्रीले २२६ मत माओवादी केन्द्रकी खगमाया चापागाँईले २६ मत र राप्रपाकी गान्दरी आचार्यले जम्मा ३२ मत ल्याएकी छिन् ।
यसैगरी दलित सदस्यमा एमालेकी सरिमा दर्जीले २९६ मत , कांग्रेसकी संजिता घतानी ल्वागुनले १६५ मत माओवादी केन्द्रकी सारदा दर्जीको १८ मत र राप्रपाकी पार्वतीदेवि दर्जीको ६३ मत आएको छ । कनकाई नगरपालिकामा जम्मा २५ हजार ६ सय ९६ मतदाता मध्ये १९ हजार २ सय २ मत खसेको थियो । मतगणना हिजो राती १ बजेपछि सुरु भएको थियो । वार्डनम्बर १ मा जम्मा ३१ जना उम्मेद्धार चुनावी मैदानमा रहेका थिए ।
कनकाई नगरपालिकामा धमाधम मतगणना हुदै मुख्य निर्वाचन प्रमुख रोषनराज भट्टराई लगायातको टोली दलका प्रतिनिधि कुर्सीमा । फोटो लीलाराज झापाली ÷कनकाई अनलाईन