कनकाई अनलाईन
। स्थानीय तहको निवार्चनमा झापामा करिव ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापाका कुल १५ स्थानीय तहमध्ये हाल अधिकांस मतदानस्थलबाट केन्द्रमा मतपेटिका ल्याउने कार्य जारी रहेकाले सवै केन्द्रबाट रिर्पोट तयार भएपछिमात्रै वास्तविक खसेको मतसङ्ख्या आउने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।
मतपेटिका जम्मा भइसकेपछि मतगणनाका लागि सर्वदलिय वैठक पछि कतिपय स्थानमा आज राती (बुधवारै ) र कतिपय स्थानमा भोली विहान (विहिवारदेखि ) मतगणना थालिने समेत आचार्यले बताउँनुभयो । झापामा ५ लाख १० हजार २ सय १६ मतदाता रहेका छन् भने २८३ मतदान केन्द्र र ६३७ वटा मतदान स्थल रहेका छन् ।
यसैविच झापाको, कनकाई नगरपालिकामा आज राती १० बजेदेखि र , झापा गाउँपालिका लगायातका स्थानमा आज ( बुधवारदेखिनै ) मतगणना थालिने समेत त्यहास्थित मतदान अधिकृतहरुले जानकारी दिनुभएको छ ।
मतदान गर्न लाईनमा उभिएका वृद्धको मृत्यु
दमक नगरपालिका ९ को सरस्वती माविमा मतदानका लागि लाइनमा रहेका ८२ वर्षिय मतदाता नरेन्द्र भण्डारीको विहान ८ बजे निधन भएको छ । मतदानस्थलमै वेहोस बनेका उनलाई उपचारका लागि अन्यत्र लैजानेक्रममा वाटोमै मृत्यु भएको हो । भण्डारी मुटुको विरामी रहेका थिए ।
खोलो वढेपछि नाउँ चढेर मतदान
झापा शिवसताक्षी नगरपालिका ७ का ३१३ मतदाता स्थानीय कनकाई नदिमा आएको वाढीका कारण नाउँमा चढेर वारी रहेको लालपानी माविमा रहेको मतदान स्थलमा जोखिमपुर्ण यात्रा गरेर मतदान गर्न आएका छन् । मतदाताहरु चद्रडाँगीबाट लालपानीको मतदानस्थलमा आउनका लागि नदिमा नाउँ चढ्न खर्चभने यस क्षेत्रमा उठेका उम्मेद्धारले व्याहोरिदिएको उनीहरुले वताए ।
विहान भिज्दै मतदाता लाइनमा
झापामा विहान ६ बजेदेखि ९ बजेसम्मको समयमा पानी परेपनि मतदाताहरु छाता ओढेर तथा भिजेरै मतदानका लागि लाईनमा लामवद्ध भएर मतदानमा सहभागि भएका थिए । लामो समयदेखि मतदानका लागि उत्साही उनीहरु आफुहरु पानीमा भिजेरै भएपनि मतदानमा सहभागि भएको मतदाता कल्पना राईले वताउँनुभयो । ९ वजेपछि भने पानी रोकिएपछि मतदानमा सहजता भएको थियो ।
एकसय चार वर्षियले गरे मतदान
झापाको वुद्ध शान्ति गाउँपालिकाको वडानम्बर १ को नमुना टोलबाट १ सय ४ वर्षिय हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको छ । राणा शासनको ३७ वर्षे अनुभव समेत लिनुभएका वाग्लेले पंचायती व्यावस्था , प्रजातन्त्र , राजतन्त्र र गणतन्त्रको व्यावस्था समेत भोगिसक्नुभएका वाग्लेले पछिल्ला २ संविधानसभाको निर्वाचनमा समेत मतदान गर्नुभएको थियो ।
फोटो १०४ वर्षिय वाग्ले मतदानस्थलमा ः