Kanakai Online

रकम वाढ्दा वाढ्दै झापा गाउँपालिकामा काग्रेस कार्यकर्ता रङ्गेहात पक्राउँ


मङ्गलवार, असार १३, २०७४ |

कनकाई अनलाईन
मौन अवधि सुरु भएपछि गएराती दक्षिणी सिमाना झापा गाउँपालिकामा काग्रेसका कार्यकर्ता भोट खरिदका लागि रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।
झापा गाउँपालिका १ नम्बर वार्ड ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम वाढ्नेक्रममा पक्राउँ परेका हुन् । उनलाई रकम वाढ्नेक्रममा माओवादी केन्द्र , एमाले र संघिय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणामा लिएका थिए , भने उनलाई इलाका प्रहरी कार्यलय कुमरखोदले पक्राउँ गरी प्रहरी नियन्त्रणमा लिएको छ । उनले प्रति भोट १ हजार नेपाली रुपैँयाका दरले वितरण गर्ने गरेको स्वीकार गरेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कार्वाह ीगर्ने वताएको छ ।
स्मरण छ पक्राउँ पर्ने अली केहि दिन पहीलेमात्रै एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पक्राउँ परेका अलीले इलाका प्रहरी कार्यलयमा कनकाईकर्मी सगको भेटमा आफुलगायात पार्टीका अन्य ७ जना सार्थीलाई पार्टीका वडाअध्यक्षका उम्मेद्धारले सो रकम चुनाव खर्चका लागि दिएको तर अर्का कांग्रेकाका कांर्यकर्ता लक्ष्मी यादवले भने रकम वितरण गरेको उनले वताए । यादवले वितरणका लागि ३ लाख नेपाली रुपैया लिएर गएको समेत उनले वताए ।
यसैविच दक्षिणी बजारमा रकम नवाढी चुनाव नजित्ने प्राय असम्भव रहेको एक कांग्रेसका कार्यकर्ताले वताए । यहाँका जनतालाई साडी र पैँसा चाहिएको छ विकास होइन यो चलन वर्षौ पहिलेदेखिको हो नाम नबताउने सर्तमा एक कांग्रेसका कार्यकर्ताले भने । यो सगै झापामा झापा गाउँपालिका निर्वाचन उल्लघनमा पहिलो नम्बरमा परेको छ मौन अवधिभरमा मात्रै यस क्षेत्रमा दर्जनको सङ्ख्यामा ठुला साना निर्वाचन झड्प भएको छ । जसमा एमालेका २ कार्यकर्ता विनोद तामाङ्ग र डम्बर राई घाईते भएका छन् ।
 
स्मरण छ पक्राउँ पर्ने अली केहि दिन पहीलेमात्रै एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पक्राउँ परेका अलीले इलाका प्रहरी कार्यलयमा कनकाईकर्मी सगको भेटमा आफुलगायात पार्टीका अन्य ७ जना सार्थीलाई पार्टीका वडाअध्यक्षका उम्मेद्धारले सो रकम चुनाव खर्चका लागि दिएको तर अर्का कांग्रेकाका कांर्यकर्ता लक्ष्मी यादवले भने रकम वितरण गरेको उनले वताए । यादवले वितरणका लागि ३ लाख नेपाली रुपैया लिएर गएको समेत उनले वताए ।
भने एमालेका अर्का कार्यकर्ता श्याम दर्नाललाई प्रहरीमाथि अभद्र व्यावहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । झापा गाउँपालिकाको निर्वाचन आचारसंहिता उल्लघनका विषयमा निर्वाचन कार्यालय झापाले मंगलवार विहान सर्वपक्षिय छलफलको आयोजना गरेको छ । झापामा यसअघि समेत कचनकवलमा कांग्रेस कार्यकर्ताले रकमा वाढेका थिए ।
तस्वीर रकम सहित पक्राउ परेका हुसेन र निर्वाचन आचारसंहिता उल्लघनका विषयमा राखिएको सर्वपक्षिय छलफल