कनकाई अनलाईन
। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाको कनकाई नगरपालिकामा ४७ पदका लागि १ सय ९६ जना उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रमुख रोषनराज भट्टराईका अनुसार मेयरमा ७ जना उपमेयरमा ६ जना र ९ वटा वडाअध्यक्ष र परिषद सदस्य गरी ४५ पदका लागि १८३ जना गरी जम्मा १ सय ९६ जनाले उम्मेद्धारी दर्ता गराएका छन् ।
मेयरमा नेपाली कांग्रेसका एकराज उप्रेती , एमालेका राजेन्द्रकुमार पोखरेल , माओवादी केन्द्रका गोपाल चुडाल , राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार गिरी , नेकपा मालेका प्रेम दाहाल , संघिय राष्ट्रिय मंचका हाङ्गबीर राई र स्वतन्त्र भीमप्रसाद अधिकारीले उम्मेद्धारी दर्ता गराएका छन् । यसैगरी उपमेयरमा ६ जनाले उम्मेद्धारी दिएका छन् ।
जसमा कांग्रेसकी कविता घिमिरे वस्नेत , एमालेकी मन्जु प्रसाई , माओवादी केन्द्रकी शान्ता अधिकारी झा , राष्ट्रिय प्रजातन्त्र पार्टीकी चित्रा श्रेष्ठ र स्वतन्त्रबाट हरिभक्त संग्रौला र धर्मलाल राजवंशी रहनुभएको छ । सोमवार विहान १० वजेसम्म तोकिएको दावी विरोधमा कसैको पनि दावी विरोध नपरेको समेत निर्वाचन अधिकृत भट्टराईले वताउँनुभयो ।
फोटो ः कनकाई नगरपालिकामा आफ्नो उम्मेद्धारी दर्ता गराउदै नेकपा एमालेका मेयर र उपमेयरका उम्मेद्धार राजेन्द्रकुमार पोखरेल र मन्जुप्रसाई , (फोटो /लीलाराज झापाली )
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा