Kanakai Online

कनकाईमा नमिनेशनका लागि दलको भव्य तयारी


आइतवार, असार ४, २०७४ |

कनकाई अनलाईन ।
आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि कनकाई नगरमा स्वतन्त्र पदका उम्मेद्धार भीमप्रसाद अधिकारीले पहिलो १० ः २० मा मेयर भीमप्रसाद अधिकारी सहित उममेयर धर्मराज राजवंशी र ३ नम्बर वार्डअध्यक्ष सचिन लामा , ४ नम्बर वार्डअध्यक्ष देवेन्द्र कार्की सहित परिषद सदस्य सहित ११ जनाले उम्मेद्धारी दर्ता गरेका छन् ।
यसैगरी प्रमुख दलले कनकाई नगरमा तड्कभड्कका साथ आफ्नो उम्मेद्धारी दर्ता गर्दै छन् ।
नेपाली कांग्रेस , नेकपा एमाले र माओवार्दी केन्द्रले निर्वाचन आयोगको कार्यालय कनकाई उवासंघको कार्यालय देखि करिव ५०० मिटर नजिकै सुरुङ्गा चोकमा भव्य स्टेजनै निर्माण गरेका छन् भने , राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माले , स्वतन्त्रका उम्मेद्धार भीम अधिकारीले पनि आफ्नो दलवलसहित उम्मेद्धारी दर्ता गर्ने तयारी गरिरहेका छन् ।
कनकाई नगरपालिकाका निर्वाचन प्रमुख रोषनराज भट्टराईका अनुसार दल तथा स्वतन्त्रलाई उम्मेद्धारी दर्ताका लागि विहान ८ वजेदेखि वेलुकी ५ वजेसम्मका लागि दर्ताको समय तोकिएको छ । खासमा ठुला दलका कार्यकर्ता दलवलका साथ आउने हुदा उनीहरुकै सहमतीमा उम्मेद्धारी दर्ताको समय तोकिएको छ ।
जसअनुसार नेपाली कांग्रेसको २ वजे ५ हजार बडी कांग्रेस कार्यकर्ताहरुले लाखे नाच , नौमती वाजा , सन्थाली नाच सहित कांगेस नेतृ नथा सांसद सरिता प्रसाई सहित निर्वाचन कार्यलयमा गएर नमिनेशन गर्दैछन भने एमालेले चर्चिच नेता तथा पुर्व मन्त्री लालवावु पण्डित सहित सुरुङ्गा चोकमा ११ बजे आमसभा गरेर ३ वजे नोमिनेशनका लागि ठुलो सङ्ख्यामा कार्याकर्तासहित उम्मेद्धारी दर्ताका लागि जाने एमाले कनकाई नगरका मेयरका प्रत्यासी राजेन्द्रकुमार पोखरेलले वताउँनुभयो ।
यता माओवादी केन्द्रको समते पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयको नेतृत्वमा मेयर पदका उम्मेद्धार गोपाल चुडाल , उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झा सहित सयौँ कार्यक्रर्ताको साथमा निर्वाचन आयोगमा मनोनयन दर्ताका लागि जादै छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो पार्टी कार्यालयवाट गाउँ गाउँबाट आएका कार्याकर्ता सहित मेयरका उम्मेद्धार केदार गिरी , उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठ लगायातका उम्मेद्धार गएर उम्मेद्धारी दर्ता गराउँदैछन् । नेकपा माले र अन्य स्वतन्त्र दलले समेत कनकाई नगरका लागि मेयर उपमेयर र ९ वडाअध्यक्षमा समेत मनोनयन गर्दैछन् ।
एमालेपार्टीले उम्मेद्धारी नमिनेशन पहिले र माओवादी केन्द्रले २ वजेको नमिनेशन पछि सुरुङ्गा चोकमा भव्य कार्यक्रमको आयोजना गर्दै छ । ठुला सवै दलले उम्मेद्धारी दर्ताका लागि गाउँ गाउँबाट सिटी सफारी , छोटा हात्ती गाडी , वस , साना गाडी तथा मोटरसाईकल समेतमा विहानैदेखी कार्याकर्ता ओसारेका थिए ।