Kanakai Online

माओवादी केन्द्र भद्रपुरको प्रतिवद्धतापत्र सार्वजनिक


शनिवार, जेठ २७, २०७४ |

 
कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रको तर्फबाट भद्रपुर नगरपालिकाको मेयरका उम्मेद्वार शिवकुमार राजभण्डारीले भद्रपुर नगरलाई समृद्ध बनाउने विकास–योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
शनिबार भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरी मेयर प्रत्यासी राजभण्डारीले १७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
मेयरका उम्मेद्वार राजभण्डारीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, युवा सशक्तिकरण, पर्यटन, उद्योग–व्यापार, वातावरण संरक्षण, विद्युत विसतार, सूचना तथा सञ्चारको विकासका कार्ययोजनाहरु बुँदागत रुपमा समेटीएको छ ।
यसैगरी, बालबालिका जेष्ठ नागरिक, महिला, अशक्त, सुकुम्वासी, घरबारविहीन, विपन्नवर्गका ज्वलन्त सवालहरुलाई पनि सम्बोधन गरिने भण्डारीले बताउनुभयो ।
प्रतिबद्धता घोषणा कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट उपमेयरकी उम्मेद्वार स्वर्णिका सिंहले भद्रपुर मुलुककै सबैभन्दा पुरानो शहर भएर पनि विकासमा पछि परेको बताउँदै आफूहरु विजयी भए भद्रपुरलाई मुलुककै विकसित नमूना शहरमा रुपान्तरण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै गरी शनिवारनै कोचिला राष्ट्रिय मुक्ति मोर्चाको भद्रपुर भेला समेत सम्पन्न भएको छ । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिवकुमार राजभण्डारी हंशनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 
 

सम्बन्धित खबर