शान्ता अधिकारी झा , जनयुद्धकालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लागेकी एक २८ वर्षिय महिला नेतृ कक्षा ६ मा पढ्दादेखिनै माओवादीको भातृ संगठन अखिलनेपाल विद्यार्थी संगठन क्रान्तिकारीमाल २०५८ सालबाट चम्पापुर माविबाट आवद्ध अधिकारी पछिल्लो समय महिला नेतृ बन्न पुगेकी छिन् ।
उनी अनेमसंघ क्रान्तिकारीकी कनकाई नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य समेत हुन् । हाल उनी कनकाई नगरपालिकामा नेकपा माओवादी केन्द्रकी कनकाई नगरको उपमेयरमा उम्मेद्धारी दिएकी छिन् । उनलाई माओवादी युद्धकालमा सरु शर्मा उपनामले चिनिने गरिन्थ्यो ।
यो अन्र्तवाता तयार पार्दासम्म हाल उनी झापाकै सवैभन्दा कान्छी उमेरकी उपमेयर हुन् । उनी गाउँघरमा समेत निक्कै संघ संस्थामा आवद्ध रहेकी छिन् । गायत्री धार्मिक विकास संस्थाकी उपाध्यक्ष , उत्साही महिला विकास मंचकी उपाध्यक्ष , अन्तरपार्टी महिला संघ लगायातका विभिन्न संघ संस्थामा आवद्ध रहेकी छिन् ।
२०६० सालमा आफ्नै नेतृत्वमा गाउँकै श्रृजनाटोलमा सयौँ जनताको श्रमदानमा वाटो निर्माण गराएर चर्चित बनेकी शान्ता पछिल्लो समय महिला हिंसा तथा उत्पीडनका क्षेत्रमा कार्य गरिरहेकी छिन् । अन्य महिला प्रतिनिधिभन्दा वाककलामा निपुर्ण मानिने यीनै शान्ता अधिकारी झा (सरु शर्मा -सग हामीले आसन्न स्थानिय तहको निर्वाचनका वारेमा कुराकानी गरेका छौ ।
१) निर्वाचनको मिति नजिकिदैँ छ , प्रचार प्रसार कसरी गरिरहनुभएको छ ?
मलाई पार्टीले एक महिना पहिलेनै उपमेयरको टिकट दिएपनि मेयरको टिकट दिन केहि विलम्व भएकाले पहिले म प्रत्येक वार्डमा केहि कार्यकर्ताहरुसग म भोट माग्नका लागि कुदिरहेको थिए ।
अहिले हाम्रो सवै वार्डअध्यक्ष परिषद सदस्य र मेयरसहित पार्टीले उम्मेद्धारी टुङ्गाइसकेकाले पनि हामी समुहमा भोट माग्न जादैँछौ । मोटरसाइकल र्याली , कोणसभा , पिढिसभा , आमसभा जस्ता कार्यत्रमका साथ हामी पार्टी र हाम्रा साझा एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छौ ।
पुग्नेक्रम जारी छ । सुभचिन्तक , पार्टी प्रतिनिधि , गरिव तथा निमुखा दलित हाम्रा वर्गिय धरातलमा रहनुहुने मुस्लिम , तल्लो दर्जाका नागरिकको उपनाम दिने हाम्रा आमाबुबा , दाजुभाई , दिदिबहिनीहरुको घरघरमा जाने उहाँहरुको सुखदुःख बुझ्ने समस्या वुझ्ने काम गरिरहेको छु ।
२) कनकाई नगरपालिकामा २५ हजार वढी मतदातारहेका छन् , कतिको घरमा पुगिसक्नुभयो ?
५ हजार घरको हाराहारीमा पुगेकी हुला मैले यो विचमा जनताबाट पार्टीलाई अत्यान्तै माया गरिरहनुभएको छ ।
जुन घरमा हामी पुग्छौ सो घरमा माओवादी पार्टी नभएको भए , आजको मितिसम्म हामी शहरमा भएरपनि अध्यारो र टुकिकै युगमा हुनेथियौँ । विजुली चोरहरुले देश तहसनहस पारिसक्ने थिए भनेर हामीलाई भनिरहनुभएको छ ।
अझैपनि सिंहदरभारको अधिकार गाउँघरमा माओवादीकै कारणले गर्दा आएको भनेर हामीले बुझाउन सकिरहेका छैनौ । त्यो बुझाउन जरुरी बनिसकेको छ । मलाई जनताले तपाई हिजोपनि महिलाको युवाको नेतृत्व लिएको मान्छे । त्यसमा पनि युवा हुनुहुन्छ अव तपाईहरुकै हातमा यो मुलुक छ भनेर वृद्ध आमाबुवाले समेत आर्शिवाद दिनुभएको छ ।
३) तपाइका जितका आधारहरु के के हुन् ?
पहिलो कुरा त अहिले जुन स्थानीय निर्वाचन भइरहेको छ । त्यो मेरो पार्टी माओवादी केन्द्रकै एजेन्डा हो । त्यहि एजेन्डामा मुलुक गइरहेको छ ।
त्यसकारण पनि जसले एजेन्डा ल्यायो उसलाई विजय गराउनुपर्दछ भन्ने छ । अर्को म वाल्यकालको खेल्ने खाने समयमा समेत म विभिन्न मोर्चामा उभिएर सामाजिक विकृति विसङ्क्तिको विपक्षमा समाज सुधारका कामहरु गर्दै आएको सबै आमाबुवा दिदिवहिनी , दाजुभाईले देखिरहनुभएको छ ।
जनतालाई समस्या पर्दा साँझ विहान नभनी म लागिपरीरहेको छु एककिसिमले भन्दा मेरो व्याक्तिगत सारा जिवन नै समाजलाई अर्पण गरीदिएको छु यस समाजवाट मैले लिने काम केहि गरेकी छैन दिनेकाम मात्रै गरेको छु । मेरो विपक्षीहरुले त्यसो गरेजस्तो मलाई लाग्दैन त्यसकारणपनि मेरो जित निश्चित रहेको छ ।
४) तपाइका पार्टीमा धेरै कामरेडहरु टिकटको लाइनमा हुनुहुन्थ्यो जस्तो छ , यति कलिलै उमेरमा उपमेयरको टिकट पाउनुभयो , अरुलाई अन्याय परेजस्तो लाग्दैँन ?
निश्चयपनि पार्टीमा लागेपछि पार्टीले आफ्नो मुल्याङ्गकन गरिदियोस , टिकट दियोस भन्ने सबैलाई लागेको हुन्छ । तर मैले सानै उमेरमा भएपनि पार्टीमा रहेर विभिन्न मोर्चाका जिम्मेवारीलाई कुशलतापुर्वक निभाएको अवशर पाउदा मात्रै नभएर पार्टीलाई संकट परेका वेला समेत मद्धत गरको कारणपनि पार्टीले मेरो कार्यको मुल्याङ्गकन गरिदिएको जस्तो मलाई लागेको छ ।
म २०५८ सालदेखिनै पार्टीको र जनताको सुखदुःखमा जोडिएर आइरहेको छु जसका कारणपनि मलाई पार्टीले यो वेलाको उपमेयरका लागि हाल योग्य ठह्राएर टिकट दिएको हो जस्तो लाग्छ । यसवेला मलाई पार्टील न्याय गरेको छ अव मैले पनि पार्टी र जनतालाई चुनाव जितेर न्याय गर्नुपर्दछ भन्ने मलाई लागेको छ ।
५) तपाइले चुनाव जित्नुभयो भने अवको ५ वर्षमा कनकाई नगरलाई कस्तो नगर बनाउनुहुन्छ ?
सर्वप्रथमत मलाई तपाईँ कनकाई नगरवाशीले मलाई अमुल्य मत दिनुभयो भने मैले यस क्षेत्रको समस्याहरु डायरीमा टिपेको छु । क्रमश आवश्यकता अनुसार ती समस्याहरुको क्रमश ह लगर्दै लैजाने छु । वन्द निषेधित क्षेत्र सुरुङ्गालाई म कम्तीमा कनकाई नगरीसम्म विस्तार गर्ने छु ।
सुरुङ्गामा भएका राम्रा कामलाई पुरै कनकाई नगरीमा फैलाउने छु यस क्षेत्रमा भएका विकृति गुन्डागर्दीलाई खुलेर मुकाविला गर्ने छु । उपमेयरको संयोजकत्वमा नगरको न्याय सम्पादन क्षेत्र रहने हुदा यस क्षेत्रमा हरेक हत्या दिनभित्र एउटा छुरी काण्ड खुकुरी कान्ड हुने गरेका छन् ।
त्यसलाई यहाँका नागरिक समाज , नगरप्रहरी , दल , नेपाल प्रहरी अवको स्थानीय तह आफैँमा सरकार भएकाले कम्तीमा यस क्षेत्रको गुन्डागर्दीलाई म निर्मुल पार्नेछु ।
अहिले यस क्षेत्रको वातावरण प्रदुषित भइरहेको र वन जंगलसमेत नासीरहेको अवस्थामा भावी संन्ततीहरुका लागि समेत एकघर एकविरुवा निति नगरपालिकाकै माध्यमबाट ल्याएर यस नगरलाई हरित नगरी बनाउनेछु ।
कनकाई नगरमा पर्यटनका क्षेत्रमा प्रसस्तै सम्भावनाहरु छन , जामुनखाडीमा केहि पर्यटक आएपनि त्यो सम्भावनाको २ प्रतिशतपनि यहाँका कनकाई नगरवाशीले फाइदा उठाउँन सकेका छैनन् ।
धनुषकोटी , दोमुखा , जगन पाण्डेको दरभार , पाटापोखरी , कोटीहोम लगायातका क्षेत्रलाई धार्मिक पर्यटन तथा मनोरन्जन क्षेत्रका रुपमा विकास गरिनेछ र यसको प्रत्यक्ष फाइदा यहाँका होटल व्यावसाय र अन्य व्यावसायमा पुर्याइनेछ । पर्यटन व्यावसायलाई उद्योगका रुपमा विकसित गरिनेछ ।
किसानहरु वर्षौदेखि विचौनियाको मारमा परेर आफ्ना उत्पादनहरुको सहि मुल्य पाएका छैनन् म आफुपनि यो समस्याबाट प्रताडित छु । अव कम्तीमा किसानले विक्री गर्नै फसल धान , गहु मकैको दाम व्यापारीले होइन कृषक र सरकार जो स्थानिय रुपमा जनतासग रहेको हुन्छ उसले तोक्ने छ ।
यहाँ रहेका जिर्ण बाटोघाटो पुल पुलेसा , विजुली वक्ती जनताको निगरानीमा स्थानीय सरकारले मर्मत र निर्माण गर्ने छ । मेरो कार्यकालका सुरुवाती वर्षभित्रमा कोहिपनि नागरिक धनीपुर्जा विहिन बन्नुपर्ने छैन मेरो वाचा भयो ।
सुरुङ्गा , चम्पापुर हुदैँ विर्तावजार जोड्ने जिर्णसड्कलाई कालोपत्रे गर्ने , वषौदेखि विरिङ्ग र कनकाई नदि कटानबाट प्रताडित रहनुहुने हज्जारौ कृषकहरुलाई राहत पुग्नेगरी दुवै नदि तटवन्द गर्ने , झोलुङ्गेपुल निर्माण र खोलाले क्षति पुर्याएका उब्जनीहुने जमिनमा माटोलाई परिक्षण गरी पुन ः उब्जनीयोग्य बनाउने प्रयात्न गरिनेछ ।
म एउटा महिला तथा मदेसी महिला समेत भएको हुनाले मैले मेरो वर्गका महिलाहरुले मबाट धेरै अप्रेक्षा राखेका छन् । मैले मदेसी , दलित , मुस्लिम , एकल महिलाका क्षेत्रमा मैले यी सवैको समस्या राम्रोसग बुझेको हुनाले पनि उनीहरुको पक्षमा लाग्नेछु यहाँका पिछडावर्गका नागरिकहरु राज्यको पहुच पुग्ने ठाउँमा नभइरहेको अवस्थामा उहाँहरु हाम्रो कनकाई नगरीमा समेत दोस्रो दर्जााका नागरिकको रुपमा रहनुभएको छ मेरो विजय भएमा उहाँहरुले कहिले पनि यो अवस्थामा आउननपर्नेगरी उहाँहरुको समस्या समाधान गर्नेछु ।
अर्कोकुरा मैले चुनाव जितेमा आफुले पाउने तलव भक्ताको आधा रकम ती गरिव , निमुखा महिला , वालवालिका रोगी विरामीको पक्षमा खर्च गर्ने छु ।
हाम्रो कनकाई नगरमा एकल महिला , अन्तरपार्टी महिला संजालको नाममा आउने धेरै रकम भस्ट्राचारहुने गरेको पाएको छु । यदि मैले जितेभने कनकाई नगर पुर्णतय भस्ट्राचारमुक्त नगर बनाउनेछु ।
हाम्रै कनकाई नगरमा समेत शिक्षकबाटै छात्राहरु यौन हिन्सा बलतत्कार हुने गरेका छन् । घटना मिलाउने वहानामा पिडितलाई थप पिडा दिने गरिएको छ ।
यस्ता गलतकार्यको म खुलेर मुकाविला गर्ने छु र पिडकलाई कडा भन्दा कडा कार्वाही म दिलाउनेछु । शिक्षा र कराते खेल , एउटा महिला फुटवल टिमको तयारी गरि राम्रो महिला फुटवल टिम तयार पार्ने छु ।
प्रत्येक वार्डमा स्वास्थ्य चौकी पुर्याउने , प्रत्येक वार्डमा नगर प्रहरी , सामुदायिक प्रहरी परिचालन गरेर कनकाई नगरमा भएका गुन्डागर्दीका घटना एकसय प्रतिशत निर्मुल पार्ने , गुन्डागर्दी र होहल्ला गर्ने यस क्षेत्रका कुलतमा लागेका युवाहरुलाई सुधारकेन्द्र वा प्रहरी लगाएर सुर्धाने । जनतालाई स्वास्थ्य विमा र कृषक पेन्सन कार्यक्रम लागु गर्ने ।
प्रस्तुती ःआइपी भट्टराई /कनकाई