Kanakai Online

सुरुङ्गामा १५० कार्यकर्ता कांग्रेसमा प्रवेश


आइतवार, जेठ २१, २०७४ |

कनकाई अनलाईन
 

। झापामा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसगैँ दलमा पार्टी प्रवेशको लहर वढेर गएको छ ।
नेपाली कांग्रेस शिवसताक्षीको आयोजनामा शनिवार  शिवसताक्षी १० स्थित सुरुङ्गा टेक्रामा आयोजित १० नम्बर वार्डको चुनाव प्रचार प्रसारको कार्यक्रममा १ सय ५५ जना विभिन्न पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा स्वतन्त्र रुपमा वस्नेहरुसमेत रहेकाा छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति देउमान थेवे , काग्रेसका शिवसताक्षी नगरका मेयरका उम्मेद्धार पर्शुराम ढुङ्गाना , उपमेयरकी उम्मेद्धार जोगमाया चेम्जोङ्ग वडाअध्यक्ष अमृत कार्की लगाँयातले अविर माला तथा पार्टी सदस्यतापत्र प्रदान गर्नुभएको थियो ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा गंगा तामाङ्ग , नविन साँवा , मनिस साँवा , शेखर शिवाकोटी , कमल भट्टराई , देविमाया दाहाल , लीला शिवाकोटी , भगवती शिवाकोटी , अनिता नाल्वो , जितबहादुर राउत , पवित्रा राउत , लीला भट्टराई लगाँयात रहनुभएको छ ।
सो कार्यत्रममा कांग्रेसका मेयर तथा उपमेयर का प्रत्यासी पर्शुराम ढुङ्गाना , जोगमाया चेम्जोङ , वार्डनम्बर १० का वडाअध्यक्षका उम्मेद्धार अमृत कार्की , वडासदस्यका उम्मेद्धार तरुणदलका नगर सभापति योगेश लिङ्देन , विकास गिरी , महिला सदस्य नारायणी ढकाल तथा दलित महिला सदस्य विश्वज्योती मुसर यसैगरी कांग्रेस नेता रामप्रसाद योङ्हाङ्ग , छविलाल ढकाल लगायातले कांग्रेसको नेतृत्वमा मात्रै देशमा विकास र सवृद्धिहुने भन्दै सवैउम्मेद्धारलाई ७ ठाउँमा छाँप लगाई विजय गराउन अनुरोध गर्नुभयो कार्यक्रमको स्वागत संचारकर्मी समेत रहनुभएका कांग्रेस निकट आदिवाशी जनजातिका केन्द्रिय प्रतिनिधि कुमारसिंह साँवाले तथा कार्यक्रमको संचालन युवा नेता दिपक पोखरेलले गर्नुभएको थियो
कनकाई नदि पश्चिम तर्फ रहेको र वार्ड कार्यलयपुग्न समेत माईखोलाका कारण १२ किलोमिटर घुमेर मात्रै पुगिने भन्दै सर्वसाधरणले सिंहदरभारको अधिकार गाउँमा आएको भनिएपनि आफुहरु नदिको कारण नगरपालिकाको सेवा लिन पनि सास्ती भोग्दैँ आएको वताए ।  यसैगरी कांग्रेसले १० नम्बर  वार्डको टोलनम्बर १ मा निर्वाचन प्रचारका लागि कृष्ण पोखरेलको नेतृत्वमा २०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

सम्बन्धित खबर