Kanakai Online

कांग्रेस झापाले टुङ्गायो सवै नगर र गाउँपालिका उम्मेद्धार


बिहिवार, जेठ १८, २०७४ |

 
कनकाई अनलाईन
देशकै ठुलो तथा सक्ता साझेदार दल  नेपाली कांग्रेस झापाले  झापाका १५ वटै स्थानीय तहमा  उठ्ने सवै उम्मेद्धारको छिनोफानो गरेको छ ।
कांग्रेसको गाउँपालिका , नगरपालिका दुवैमा क्षेत्रीय ,जिल्ला , प्रदेश तथा केन्द्रिय समितिको निर्देशनलाई मिलाएर कांग्रेसले जिल्लाका सम्पुर्ण गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तथा उपप्रमुखहरुको उम्मेद्धारी निश्चित गरेको हो ।
झापाका ८ नगरपालिकामध्ये  कांग्रेसले सवैभन्दा वढी समस्याकारुपमा रहेको कनकाई नगरपालिकाको मेयरमा एकराज उप्रेती र उपमेयरमा कविता वस्नेत ,यसैगरी  मेचीनगर नगरपालिकाको मेयरमा विमल आचार्य र उपमेयरमा दुर्गा खतिवडा , गौरादह नगरपालिकामा मेयरमा रोहित शाह र उपमेयरमा सुमित्रा खरेल , भद्रपुर नगरपालिकाको मेयरमा गणेश पोखरेल र उपमेयरमा तारा भुर्तेल , विर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ्ग र उपमेयरमा पार्वता गिरी , दमकको मेयरमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराई ( प्रसाई ), अर्जुनधारा नगरपालिकाको मेयरमा हेमराज खरेल र उपमेयरमा सरस्वती सिटौला , शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुङ्गाना र उपमेयरमा जयकुमारी चेम्जोङ् रहनुभएको छ ।
यसैगरी ७ गाउँपालिकामा झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्षमा बसुन्धरा थपलिया , गौरीगंज गाउँपालिकाको अध्यक्षमा फुलमती राजवंशी र उपाध्यक्षमा  दिपेन्द्र थापा ,  कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दिपा गौतम , बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेशकुमार भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराई , हल्दीवारी गाउँपालिकाको अध्यक्षमा दिलिप माओ र उपाध्यक्षमा चन्द्रकला राई , कचनकवल गाउँपालिकाको अध्यक्षमा कलेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा गिता खरेल , र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी र उपाध्यक्षमा रत्ना राजवंशीलाई उठाउने निर्णय गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउँनुभयो ।