कनकाई अनलाईन ।
कनकाई नगरपालिकाको मेयरपदका लागि नेपाली कांग्रेसले युवा व्यावसायी एकराज उप्रेतीको नाम कांग्रेसले निर्णय गरेको छ ।
कांग्रेसले आजको मिटिङबाट एकराज उप्रेतीलाई मेयर र नेपाल महिला संघकी क्षेत्रनम्बर ४ कि अध्यक्ष समेत रहेकी कविता वस्नेतलाई उपमेयरमा उठाउने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रिय कमिटिको निर्णय बमोजिम क्षेत्रले उप्रेती र बस्नेतको नाम घोषणा गरेको हो । आज दिउसो ४ बजे नामको अन्तिम निर्णय गरेपनि यसको आधिकारिकता भने पत्रकार सम्मेलन गरेरमात्र सार्वजनिक गर्ने कांग्रेसका एक केन्द्रिय नेताले नाम उल्लेख नगर्ने सर्तमा कनकाई अनलाईनलाई बताए ।
उप्रेती लामो समयदेखि झापामा विभिन्न व्यावसाय गर्दै आउनुभएको छ । उहाँ पुर्व प्रधानपंन्च तथा समाजसेवी चिरन्जिवि उप्रेतीका पुत्र समेत रहनुभएको छ । चारपानेको आश्मा प्रेटोलपम्प , पाथिभरा ग्यास लगाँयातका धेरै उद्योगहरु उहाँले संंचालन गरिरहनुभएको छ । उहाँ कनकाई आर्यघाट निर्माण समितिमा रहेर सुरुङ्गा क्षेत्रमा समाजसेवामा समेत सक्रिय रहनुभएको छ । उहाँका पिता चिरन्जीवि उप्रेतीले सुरुङ्गा टप्पुमा समेत आफ्नै निजि लगानीमा लाखौँ रुपैँया खर्चिएर कृष्णमन्दिर बनाइदिनुभएको छ ।
५३ वर्षिय उप्रेती कार्यकर्ता र पार्टीलाई आवश्यक परेको वेला आर्थिक सहायता पुर्याउदैँ आउनुभएको थियो । कनकाईमा मेयरका लागि नगरबाट सिफारिस गरिएका ९ जनाको नामबाट उप्रेतीलाई छनौट गरिएको हो ।
यसैगरी उपमेयरमा कांग्रेसबाट निर्णय गरिएकी कविता वस्नेत सुरुङ्गा क्षेत्रकी स्थापित महिला नेतृ हुन । उनी महिलाको समस्या तथा मुद्धा मामिलाहरु तथा मेलमिलापका लागि नगरमै वढी खटिने महिला नेतृ समेत हुन् । उनी कनकाई सामुदायिक वन समुहकी वर्तमान सचिव समेत हुन् । उनी यस क्षेत्रका जेसिज , महिला उद्यमी लगायातका दर्जन वढी संघ संस्थामा सक्रिय रहेकी छिन् ।
कांग्रेसको उम्मेद्धारी घोषणासगैँ कनकाई नगरमा मेयर , उपमेयर लगाँयातका सबै पदहरुमा दलहरुले आगामी असार १४ गते हुने निर्वाचनका लागि सवै नाम फाईनल गरिसकेको छ ।
कनकाई नगरको मेयर तथा उपमेयरका लागि एमालेबाट राजेन्द्र पोखरेल र मन्जु प्रसाई , माओवादीकेन्द्रबाट कृष्ण घिमिरे र शान्ता अधिकारी झा , राप्रप्राबाट केदार गिरी र चित्रा श्रेष्ठ , स्वतन्त्रबाट भीम अधिकारी र धर्मराज राजवंशी , नेकपा मालेवाट प्रेम दाहाल , वैद्य माओवादीबाट उपमेयरमा हरिभक्क्त संग्रौलाले उम्मेद्धारी दिने निश्चित भएको छ ।
कनकाईमा मेयरका प्रत्यासीहरुमध्ये एकराज उप्रेती , राजेन्द्र पोखरेल र प्रेम दाहाल पेशामा तीनैजना पम्प संचालक हुन भने एकराज उप्रेती र राजेन्द्र पोखरेल दुवैजना पुर्व प्रधानपंच चिरन्जिवि उप्रेती र गणेशबाबु पोखरेलका छोरा हुन् ।
यसैगरी कांग्रेसले झापा मेचीनगर नगरपालिकाको मेयर तथा उपमेयर पदको समेत टुङ्गो लगाएको छ । जसमा मेयरमा विमल आर्चाय र उपमेयरमा दुर्गां खतिवडा रहनुभएको छ । कांग्रेसले झापाका कुल १५ स्थानीय निकायमध्ये ११ निकायको प्रमुख तथा उपप्रमुखहरुको उम्मेद्धारको छिनोफानो गरिसकेको छ ।