कनकाई संवाददाता
देशकै ठुलो सक्ता साझेदार दल नेपाली कांग्रेस झापाले झापा जिल्लाका १५ स्थानीय निकाय मध्ये ९ स्थानीय तहमा नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेद्धारको टुङ्गो लगाएको छ
सो पार्टीले विर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ्ग र उपमेयरमा पावर्ता गिरी , दमक नगरपालिकाको प्रमुखमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराइ(प्रसाई) , गौरादह नगरपालिकाको मेयरमा रोहित शाह र उपमेयरमा सुमित्रा ढुङ्गेल , भद्रपुर नगरपालिकाको मेयरमा गणेश पोखरेल र उपमेयरमा तारा भुर्तेल रहनुभएको छ भने अर्जुनधारा नगरपालिकाको मेयरमा हेमराज खरेललाई उठाउने निर्णय गरेपनि उपमेयरको उम्मेद्धारको टुङ्गो लाग्न नसकेको नेपाली कांग्रेस झापा जिल्ला समितिले जनाएको छ ।
यसैगरी गौरीगंज गाउँपालिकामा अध्यक्षमा फुलमती राजवंशी र उपाध्यक्षमा दिपेन्द्र थापा , कमल गाउँपालिकामा अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दिपा गौतम , कचनकवल गाउँपालिकामा अध्यक्षमा कालेन्द्र राजवंशी र उपाध्यक्षमा गिता ओडारी खरेल रहनुभएको छ ।
यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाहलाई उठाउने निर्णय गरेपनि उपाध्यक्षको भने हालसम्म टुङ्गो नलागिसकेको कांग्रेस झापाले जनाएको छ ।
कांग्रेसले झापाका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र परिषद सदस्यहरुको उम्मेद्धारको भने टुङ्गो लगाईसकेको जनाएको छ ।
पटक पटक निर्वाचनको मिति सरेकाले समेत उम्मेद्धारी छनौटमा समेत ढिलाई भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका प्रेस युनियान झापाका अध्यक्ष कृष्ण हुमागाँईले बताउँनुभयो ।। कांग्रेसले कनकाई नगरपालिका , मेचीनगर , शिवसताक्षी , बाह्रदशी , वुद्धशान्ति र हल्दिवारी गाउँपालिकामा भने कांग्रेसले उम्मेद्धारी टुङ्गाईसकेको छैन् ।