कनकाई संवाददाता
। आसन्न जेष्ठ ३१ गतेको निर्वाचन ९ दिन परसरेपनि कनकाई नगरपालिकामा भने निर्वाचनका लागि कनकाई नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
कनकाई नगरपालिकाका लागि निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि संचालनमा आएको छ । नगरपालिकाका निर्वाचन अधिकृत रोशन भट्टराईले कार्यालय उद्घाटन गर्नुभयो ।
कनकाई उद्योग वाणिज्य संघको सभाहलसहितका सम्पुर्ण कोठालाई सो कार्यालय प्रयोजनका लागि तयार गरिएको समेत जानकारी गराइएको थियो । भट्टराईको नेतृत्वमा ७ जना निर्वाचन कर्मचारीले सोमबारवाटै यो कार्यालयको काम शुरु गर्नुभएको छ ,
सोबवारैवाटै निर्वाचन आचारसंहिताको अनुगमन समेत थालिएको निर्वाचन अनुगमन समितिका संयोजक खगेन्द्र गिरीले वताउँनुभयो । निर्वाचन कार्यालय उद्घाटन कार्यक्रममा यस क्षेत्रका संचारकर्मी , राजनैतिक दल तथा संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो , यसैविच देशमै बन्द निषेधित नगरीका रुपमा परिचित यस कनकाई नगरको स्थानीय निर्वाचनलाई भयरहित र विना आचारसंहिता उल्लघन सम्पन्न गर्न निर्वाचन आयोगलाई मद्धत गर्न सबै तयार रहेको कार्यक्रममा सहभागिले प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरी , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल ,उपाध्यक्ष मिनाल तिम्सिना , महासचिव सोमनाथ उप्रेती , पुर्वअध्यक्ष युवराज संग्रौला , एमालेका प्रदेश सदस्य हिरा थापा , राप्रप्राका क्षेत्रिय अध्यक्ष खेम कार्की , मालेका नगर सचिव भीष्म मैनाली ,पत्रकारहरु तीर्थराज खरेल , लीलाराज झापाली , राम निरौला , मनोज बस्नेत , गौरव पोखरेल , चन्द्र बस्नेत लगायातले आआफ्ना जिज्ञासा राखेका थिए ।