कनकाई अनलाईन
विश्वव्यापी कोरोना महामारीका कारण अघिल्ला बर्षहरुमा जस्तो मनाउँदै आएको छठ पुजा छठ पुजा सेवा समितिले तडकभडकका साथ नमनाउने भएको छ ।
छठ पुजा सेवा समिति कनकाईका अध्यक्ष सुरेन्द्र प्रधानले कनकाई अनलाईनसग कुराकानी गर्दै कोरोना महामारीका कारण सबै ब्रतालुहरुलाई आआफ्ना घरआगनमा वा कनकाई माई र अन्य तलाउहरुमा आआफ्नै तरिकाले सुरक्षित भएर छठ मनाउन र ब्रत बस्न अनुरोध गरिएको बताउँनुभयो । अघिल्ला बर्षहरुको जस्तो ठुलो सङ्ख्यामा भीडभाडका साथ छठ मनाउने अवस्था यो बर्ष रहेन रोगबाट बच्न सके अर्को बर्षमा राम्रो कार्यक्रम गरौला शाहले कनकाई अनलाईनसग भन्नुभयो । यसैविच छठ पुजा सेवा समितिले आफ्नो रिक्त बरिष्ठ सल्लाहकारको पदमा माड्वाडी सेवा समिति कनकाईका अध्यक्ष समेत रहेका अनिल गोयललाई सर्बसम्मत ल्याइएको छठ पुजा सेवा समितिका वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरीले बताउँनुभयो ।