Kanakai Online

सुरुङ्गामा आजबाट सर्पले टोकेको उपचार हुने


आइतवार, जेठ १४, २०७४ |

 
आइपी भट्टराई सुरुङ्गा ।
। झापाको मध्य भाग कनकाई नगरपालिका सुरुङ्गामा आज  देखि सर्पले टोकेको उपचार  सेवा सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा , सहारा नेपाल साकोसको सक्रियतामा सुरुङ्गा कोटीहोममा भेन्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले उपचारकेन्द्रको उपचार सुभराम्भको उदघाट्न गर्नुभयो ।
केहि वर्ष पहिले  सहारा नेपाल साकोस चारपानेको सक्रियतामा झापाका ६८ संस्थाले सुरुगरेको समर्पण राष्ट्रिय अभियानबाट करिव २ करोड रुपैँयाको लागतमा बनेको  कर्मयोग भवनमा यो सेवा सुरु गरिएको हो ।
३ प्राविधिक एचए ३ जना सिएमए सहितको ६ वेडको सो सेवाकेन्द्रमा एकपटकमा १२ जनासम्म विरामीले सेवा पाउनसक्ने सेवाकेन्द्रका कार्यवाहक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो .
गरिव तथा तल्लो स्तरमा जोकोहि सर्पले टोकेर घाईते भइ आउने विरामीलाई जम्मा उपचार खर्च २२५० रुपैँयामै भेन्टीलेटरसहितको सबै उपचार प्रदान गर्ने समेत कार्यक्रममा चिमरियाले बताउँनुभयो । यस सेवाको सुरुवात गर्न सहारा नेपाल चारपानेले एकमुष्ठ ६० लाख रुपैँया सहयोग गरेको समेत सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्रप्रसाद गिरीले बताउँनुभयो ।
झापामा गर्मीको मुख्य ६ महिना अत्याधिक मात्रमा विषालु सर्पले डस्ने तथा झापामा हाल पुर्वी क्षेत्रमा चारआलीस्थित सेनाको कालीबहादुर गण चारआली र पश्चिममा रेडक्रस सोसाइटी दमकमा मात्रै यसको सेवा हुदा मध्य झापा सुरुङ्गा , दक्षिणी क्षेत्र झापा गाउँपालिका , शिवसताक्षी , बाह्रदर्शी गाउँपालिका र इलामका दक्षिणी क्षेत्रका सर्पले टोकेका घाइतेहरुलाई समयमै उपचारसेवा पाउन सकेका थिएनन् ।
सेवा उद्घाटन कार्यक्रममा रेडक्रस झापाका सभापति लोकराज ढकालले यस सेवाले कम्तीमा पनि यस क्षेत्रका मानिसहरुले सर्पले डसेकै कारण अकाल मृत्युवरण गर्न नपर्ने भएको भन्दै खुसी व्याक्त गर्नुभयो । कार्यक्रममा झापाका स्थानीय विकास अधिकारी खेमराज ओझा , डाः रविन ढकाल , रोटरी क्लवका अध्यक्ष सन्तोस अग्रवाल , लगाँयातले सेवा सुभाराम्भले
यस क्षेत्रका लाखौ मानिसहरु लाभान्वित हुने विश्वास व्याक्त गर्नुभयो ।
यस उपचारकेन्द्रलाई नियमित संचालनका लागि सहारा नेपाल चारपानेले वार्षिक १५ लाख रुपैँया तथा कनकाई नगरपालिका , रेडक्रस सोसाइटी झापा , लायन्स क्लव अफ कनकाई , कनकाई उद्योग वाणिज्य संघ , कनकाई घाट समितिले नियमित संचालनमा आर्थिक तथा प्राविधिक सहयाता रहने समेत कार्यक्रमा जानकारी गराइएको थियो ।