कनकाई अनलाईन ।
शंकट हरेश्वर विश्रान्ति घाट भद्रपुर ७ देउनियाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गाप्रसाद भट्टराई, दाता समाजसेवी दिनबन्धु गोयल, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उर्मिला गौतमको स्वागत रहेको कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद कोइरालाले वार्षिक आयव्य तथा सचिव रेमनाथ चुडालले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।