कनकाई अनलाईन
आगामी मंसिर १३ गते हुन गइरहेको पूर्वकै चर्चित पर्यटकिय स्थल जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको निर्बाचनमा यस क्षेत्रका ३ सक्रिय राजनैतिक दलबिच चुनावी मोर्चा भएको छ ।
आज सम्पन्न ३ दलका शीर्ष नेतृत्वबिच भएको सर्बपक्षिय भेलाले नेपाल कम्युष्टि पार्टी (नेकपा) राप्रपा नेपाल र लिम्बुवान मुक्ति मोर्चाबिच चुनावी एकता भएर उम्मेद्धार समेत सार्बजनिक गरिएको हो । प्रगतिशिल विकासप्रेमी चुनावी गठबन्धनमा अध्यक्षमा नेकपाका तर्फबाट विनोद रानामगर र उपाध्यक्षमा राप्रपा नेपालका तर्फबाट बिष्णु ओली उम्मेद्धारका रुपमा सार्बजनिक गरिएको छ । अध्यक्ष मगर नेकपाका हालका कार्यालय सचिव हुन भने ओली तत्कालिन समयमा समेत राप्रपा नेपालबाट वार्ड अध्यक्षमा उम्मेद्धारी दिई लोकप्रिय मत हासिल गरेका राप्रपाका यस क्षेत्रका स्थापित नेता हुन । उनी तत्कालिन समयमा सुरुङ्गालाई बन्दमुक्त नगरि घोषणाका बेलाका जिउदो सहिद समेत हुन । यसैगरि ६ सदस्यीय अन्य मेजर पोष्टमा उपाध्यक्षमा दिलकुमार राई र सचिवमा सिर्जु खरेल रहनुभएको छ । राई वन समुहका हालका समेत उपाध्यक्ष हुन । यसैगरि सहसचिवमा पुजन बाह्रकोटी र कोषाध्यक्षमा विदुर खड्कालाई उम्मेद्धारी बनाइएको छ ।
२१ सदस्यीय कार्यासमितिमा अन्य १० जना सदस्य टोलबाटै निर्बाचित हुने र थप ५ जना मनोनित सदस्यका रुपमा रहने व्यावस्था रहेको छ ।
सामुदायिक वनको उम्मेद्धार घोषणा कार्यक्रममा नेकपा नेता तथा प्रदेशसभा सदस्य माननीय हिराकुमार थापा, राप्रपाका नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, क्षेत्रिय अध्यक्ष नारायणप्रसाद पोखरेल, नेकपा कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल, सचिव बिष्णुप्रसाद बिमली, नगर इन्चार्ज गोपाल प्रसाई , राप्रपा नेता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, राप्रपाका कनकाई नगर उपाध्यक्ष इन्द्र रोक्का नेकपा वार्ड इन्चार्ज प्रेमप्रसाद अधिकारी, वार्डअध्यक्ष भानु खबास नेकपा नेता दिपक चापागाई, चुनाव प्रचार समिति संयोजक इन्द्र पुलामी मगर, नेकपा नेता तथा पुर्व जनप्रतिनिधि दधिराम पोखरेल लगायातको सहभागिता रहेको थियो । संयुक्त प्यानलले पुर्व समितिले सामुदायिक वनमा आएको विकास बजेट खर्च गर्न नसकेर फ्रिज बनाएको लगायातका आरोप समेत लगाएको छ ।
तस्वीर ः प्रगतिशील विकासप्रेमी समुहको सयुक्त भेला सुरुङ्गामा