Kanakai Online

माओवादी केन्द्र भद्रपुरको मेयरमा भण्डारी , उपमेयरमा सिंह


शनिवार, जेठ १३, २०७४ |

 

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र भद्रपुरले स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा शिव राजभण्डारीको नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ ।
केन्द्रका एक नम्वर प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा जिल्ला इन्चार्ज विजय सम्पाङले सर्वसम्मत उम्मेदवार घोषणा गरेका हुन् ।
जसमा उपमेयरमा कुमारी स्वणिका सिंह वडा नं १ का अध्यक्ष मेदिनी शिवाकोटी, २ मा चुडामणि दाहाल, ३ मा विष्णु राई, ४ मा हंशधर राजवंशी, ५ मा सिता न्यौपाने, ६ मा मो. हजरत अली, ७ पुष्प राजवंशी, ८ मा चन्द्रबहादुर भुजेल, ९ मा रतन राजवंशी र १० मा भरतसिंह राजवंशी लगायत नगरमा रहेको सम्पूर्ण ५२ पदका लागि नाम सार्वजनिक गरिएको हो ।
नगर निर्वाचन परिचालन समितिका संयोजक तथा संसद मोहन टुडुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य झलकसिंह दर्लामी, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य नरेश सञ्जेल, सुजन लिम्बू, डिल्लीराम घिमिरे लगायतको उपस्थितिमा नाम घोषणा गरिएको थियो ।