Kanakai Online

होसियार कतै वच्चालाई लिच्ची दिदैँहुनुहुन्छ ?


बिहिवार, जेठ ११, २०७४ |

कनकाई संम्वाददाता
लिच्चीको दाना अड्किएर झापा कनकाई नगरपालिका १  सुरुङ्गामा पुन  ३ वर्षिय वालक रोषन बुडाथोकीको निधन भएको छ ।
स्थानीय टेकबहादुर बुडाथोकीको ३ वर्षिय वालक रोषन बुडाथोकीको मंंगलवार दिउसो ३ बजे लिच्ची खादा  लिच्चीको दाना घाटीमा अड्किएको थियो ।
उनलाई उपचारका लागि विर्तामोडस्थित कनकाई हस्पिटलमा पुर्याइएको थियो दाना अड्किएको १ घण्टापछिनै वालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । लिच्ची तासेर राखी घरका मानिस पानी लिन अन्यत्र गएका वेला वालकले लिच्ची खादा  लिच्चीको दाना अड्काएको थियो ।
केहिदिन पहिले समेत छिमेकी शिवसताक्षी नगरपालिकामा एक वालकले लिच्चीको दाना अड्किएर मृत्यु भएको थियो । हाल लिच्चीको सिजन भएकाले लिच्ची साना नानीहरुलाई खुवाउदा होसियार पुर्वक र परिवारको निगरानीमा मात्रै लिच्ची खुवाउनका लागि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।