Kanakai Online

झापामा फस्टाउँदै सुर्यमुखीको खेती


बिहिवार, जेठ ११, २०७४ |

लीलाराज झापाली ।
झापा गाउँपालिका  । सरकारले झापालाई धानको राजधानी बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अनुसार धान सुपरजोन कार्यक्रम संचालन गरेपनि झापामा धानको साथमा सुर्यमुखी खेतीको समेत सम्भाव्यता वढेको छ ।
तेलका लागि तोरीभन्दा वढी फाइदा हुनेभएपछि यहाँस्थित दक्षिणी झापाको ६ नम्बर शरणामतीका अगुवा कृषकहरुले व्यावसायिक सुर्यमुखी खेती सुरु गरेका छन् ।
यस क्षेत्रका ७ जना कषकले यसैवर्षदेखि विउका लागि अहिले करिव ३ बिगाह क्षेत्रमा यसको व्यावसायिक खेतीसुरु गरेका हुन् । सुर्यमुखीको तेल स्वास्थ्यका लागि समेत फाइदा हुने र तोरीका तुलनामा वढी तेल आउनेकुराको जानकारी  अनलाइनमा सर्च गरेपछि यस क्षेत्रका कृषकहरु सल्लाहगरेरै सुर्यमुखीको विउ खरिदका लागि इटहरी गएको वताए ।
स्थानीय कृषकहरु सुमन प्याकुरेल , मदनकुमार भण्डारी , उमानाथ रिजाल, वलबहादुर भण्डारी लगायातका कृषकले यसैवर्षदेखि यसको खेती सुरु गर्नुभएको हो । कृषकहरुले यसवर्ष परिक्षणका लागि सुर्यमुखीको खेती गर्दा कसैले विषादी रहित त कसैले किरामार्न जैविक विषादीको प्रयोग गरेका छन् भने कसैले थोरैमात्रमा  डिएपी र युरिया नामक मलको प्रयोग गरेका छन् । गत फागुनमा छरेको सुर्यमुखी जेष्ठमा काट्न योग्यहुने भण्डारी वताउनुहुन्छ ।
रोपेका जती कृषकसबैको सुर्यमुखीको  लहलह परेको फुल हेर्न अहिले दैनिक कृषकहरु खेतमा पुग्ने गरेका छन् । ४० कीलो सुर्यमुखीको दानाबाट २२ लिटरसम्म तेल निस्कने र यसको तेल प्रतिलिटर  एक हजार  रुपैँयामा विक्नेहुदा प्रतिविगाह कृषकले खर्च कटाएर ३ , लाख सम्म आम्दामी गर्न सकिने कृषक सुमन प्याकुरेलले वताउँनुभयो ।
सरकारले यस खेतीका लागि उन्नत किसिमको विउविजन र रोग लाग्दा सहि समाधानका लागिमात्रै प्राविधिक सहयोग गरिदिनेहो भने यस क्षेत्रको सयौँ विगाह क्षेत्रमा यसको खेत ीगर्न सकिने र हजारौ युवा वैदेशिक रोजगारीमा जानबाट रोकिने बताउँनुहुन्छ कृषक मदनकुमार भण्डारी  यस क्षेत्रमा खेतीका लागि समुहबनाएर व्यावसायिक खेतीको सुरुवात गर्ने तयारी गरिएको भण्डारीले वताउँनुभयो ।
जिल्ला कृषि विकास कार्यालय, झापाका सुचना अधिकारी सितल भट्टराईका अनुसार यहाँ प्याकुरेलले संचालन गरेको व्यवसायिक सुर्यमुखी खेती झापाकै पहिलो व्यवसायिक सुर्यमुखी खेती हो । यसले पछिल्लो समय झापामा फस्टाउदै गएको  मौरी पालनमा समेत थप सहयोग मिल्ने भन्दै सुर्यमुखीको व्यावसायिक खेतीका लागि सरकारले समेत मद्धत गर्ने भट्टराईले बताउँनुभयो ।