कनकाई अनलाईन
नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा स्थानीय तहको निर्वाचन नजिकिन लागेसगै धमाधम उम्मेद्धारी टुङ्गाउने काम शुरु भएको छ ।
१५ स्थानीय निकाय रहेको झापामा हालसम्म ६ नगरपालिका र ३ गाउँपालिकामा उम्मेद्धारीको छिनोफानो भएको छ । बाकी क्षेत्रको समेत चाडै प्रदेशको निर्णयबाट उम्मेद्धारी टुङ्गाउने पार्टीले जनाएको छ ।
जसअनुसार पुर्वकै चर्चित नगरपालिका विर्तामोड ,मेचीनगर , कनकाई र शिवसताक्षी नगरपालिका र गौरीगंन्ज र हल्दीवारी गाउँपालिकाको निर्णय भने प्रदेशले गर्ने भएको छ ।
निर्णय भएका नगरपालिकाहरुमा भद्रपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रा श्रेष्ठ , दमक नगरपालिकाको मेयरमा रोमनाथ ओली , गौरादह नगरपालिकामा मदन अधिकारी , वुद्धशान्ति नगरपालिकामा पार्टी अध्यक्ष चिन्तन पाठक , कमल नगरपालिकामा मेयरमा मेनुका काफ्ले र उपमेयरमा वेणु शिवाकोटी , अर्जुनधारा नगरपालिकामा मेयरमा हरिकुमार राना र उपमेयरमा कमला आचार्य यसैगरी कचनकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल , झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ता बुडाथोकी र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठकर उपाध्यक्षमा गंगा धमलालाई उठाउने निर्णय गरेको नेकपा एमाले पार्टी कार्यालय झापाले जनाएको छ ।