Kanakai Online

म सुकुम्बासीको उम्मेदवार: नारायणप्रसाद पोखरेल [अन्तरवार्ता]


बिहिवार, जेठ ४, २०७४ |

नारायण पोखरेल एक धार्मिक तथा सामाजिक ब्याक्तित्वका रुपमा कनकाई नगरपालिकामा चिनिन्छन् ।  शालिन र भद्र स्वाभावका मानिने यीनीका बारेमा धेरैलाई थाहा नभको कुरा हुनसक्छ उनी राप्रप्रा पार्टीका अध्यक्ष कमल थापाका विश्वास पात्र मानिन्छन् ।

कोटीहोम धार्मिक संस्थाका धार्मिक उपाध्यक्ष , लगायात विभिन्न खेलकुद तथा अन्य क्लवमा समेत सक्रियरुपमा सल्लाहकार अन्य विभिन्न ओहोदामा रहेर कार्य गरिरहनुभएका पोखरेल लामो समय कतारमा आफ्नै कम्पनी चलाएर समेत आउनुभएको छ । राप्रप्रा नेपालको तत्कालिन मेची अंचल सदस्य समेत रहीसक्नु भएका पोखरेल कनकाई ३ मा स्थायी वसोवास गरिरहनुभएको छ ।

उहाँ आगामी स्थानीय निकायको निर्वाचनमा कनकाई नगरपालिका ३ बाट वार्डअध्यक्षको उम्मेद्धारी दिनुभएको छ प्रस्तुत छ वडाअध्यक्षका उम्मेद्धार पोखरेललसग गरिएको कुराकानी ।

१) वार्ड अध्यक्षको टिकट पाउन सफल हुनुभयो विजयको शुभकामना प्रचार कसरी गरिरहनुभएको छ ?

मइले कनकाई वार्डनम्बर ३ को वडाअअध्यक्षका लागि उम्मेद्धारी पाइसकेको छु । अहिले घरदैलो कार्यक्रम मेरो जारी छ । कनकाई नगरपालिकाको मुटु मानिने यस वार्डका प्रत्येक घरमा पुग्ने र मेरो उम्मेद्धारी र चुनाव जितेमा मैले गर्नुपर्ने कामहरुका वारेमा वताउँनेक्रम जारी छ । मलाई जनताले पनि छवि राम्रो भएको उम्मेद्धार पायौँ भनेर प्रतिक्रिया दिने गर्नु भएको छ । मैले यस वार्डमा उम्मेद्धारी दिनेक्रममै पनि राम्रो सोच र भिजनसहित उम्मेद्धारीमा आएको छु । मलाई मुख्य कुरा गौमाताको पनि आर्शिवाद रहेको छ । म सबैलाई गौमाता धर्तीमाताको हैसियतले पनि गाई चिन्हमा मतदान गरिरदन अनुरोध गर्दछु । अर्को कुरा मइले चुनाव जितेमा यस क्षेत्रमा कम्तीमा एउटा डाक्टरसहितको गौशााल पनि निर्माण गर्नेकुरा पनि मइले प्राथमिकताका साथ उठाइरहेहको छु । जुन कुरा मइले घरघरमा गएर भन्ने र मत माग्ने क्रमलाई जारी राखेको छु ।

२) कनकाई ३ मा ५७ सय मतदाता रहेका छन् । कतिजनाको घर घरमा पुगिसक्नुभयो त ?

अहिले मोटामोटी ५ हजार जना मतदाताको घरमा पुगिसकेको छु कोहि मतदाता विदेशमा हुनुहुन्छ । कोहि काम विशेषले बाहिर पनि हुनुहुदो रहेछ उहाहरुलाई पनि सम्भव भएसम्म मतदानमा सहभागि हुन गाउँमा आग्रह समेत गर्ने काम जारी छ विभिन्न सम्पर्क माध्यमबाट उहाँहरुलाई बोलाउने क्रम जारी छ । जसजसका घरमा म पुग्न भ्याएको छु उहाँहरुले समाजका लागि राम्रो क्रियाकलाप गर्न र हामीले चाहेको परिवर्तन गर्न कम्तीमा गाउँलेवलमा तपाइलाई मत हाल्छौ तपाइको पार्टीमा मत हाल्छौ भन्ने गर्नु भएको छ , जजसको घरमा पुग्न पाएका छौनौ उहाहरुकोमा समेत पुग्ने क्रम जारी छ । पुग्नै नभ्याएपनि उहाँहरुकोमा संचारमाध्यमबाटै भएपनि पुग्ने क्रम जारी छ । यस ठाउँको विकासप्रेमी र धर्मसम्बन्धि पनि आस्था बोकेको मान्छे भएको हुनाले पनि ती वर्ग समुदायको आर्शिवाद ममा रहनेछ ।

३) तपाइको जितको आधारहरु केके हुन ?

मेरा जितका आधारहरु मैले प्रकाशन गर्न लागेको वार्डनम्बर ३ को घोषणापत्रमा उल्लेख गर्नेनै छु । मेरा जितपछिका रणनैतिक योजना र मेरो जितपछिको मेरो वर्डालाई कस्तो बनाउछु भन्नेकुरा म छपाउनेछु ।

४) तपाइको वार्डमा तपाइको मुख्य प्रतिस्पर्धी उम्मेद्धारको हुन ?

आजको मिति सम्म मेरा प्रतिस्पर्धीहरु भनेका कांग्रेस र एमाले हुन हामीविच १९÷२० कै हाराहारीमा प्रतिस्पर्धा रहने छ । उहाँहरुमा घात अन्र्तघातका मतहरुसमेत मलाई आउनेहुदा मेरो जित निश्चित देखेको छु । चुनाव हो सबैले आफ्ना कार्यक्रमहरु अगाडि लैजाने हो बाकी फैसला जनताको हातमा छ ।

५) अरु पार्टीमा टिकटका लागि मारामार छ तपाईले भने एकल टिकट पाउनुभयो कतै पार्टीका नेतालाई कमल थापाको डर या आर्थिक सुविधा उपलब्ध गराएर त यो टिकट लिनुभएको छैन ? यो मेरो हैन जनताको प्रश्न छ तपाई माथि ?

हरेक पार्टीमा हरेक व्याक्तिको आफ्नो आफ्नो सोचाई छवि र लगानी रहेको हुन्छ । म यस्तो मान्छे हु जुन मैले भनिरहनुपनि प्रदैन जसजसले मेरो संङ्गत गर्नुभएको छ उहाँहरुले मेरो बारेमा जानकारी पाईसक्नुभएको छ । जसजसले मलाई चिन्नुभएको छैन यो उत्तर उहाँहरुका हकमा मात्रै लागु हुन्छ (हास्दै ) मेरो अन्तिम लक्ष्य भनेकै समाजसेवा हो मेरो सम्पुर्ण जिवननै अव समाजसेवामा लगाउने छु मलाई अव कमाउनु र लैजानु केहिपनि छैन । यो ५० वर्षको उमेरमा मैले देश विदेशमा रहेर जे जति आर्जन गरेको छु जुन अनुभव आर्थिक स्रोत साधन यी सवैलाई मैले समाजको परिर्वतनका क्षेत्रमा समाजसेवाका क्षेत्रमा लगाइरहेको छु चाहे चुनाव जितौ या हारौ यो प्राविधिक कुरा मात्रै हो तर मेरो प्रमुख उद्धेश्यभ नेको समाजसेवा गरिरहने हो । जुन समाजसेवा सार्थक पनि हुनुपर्यो भन्ने मेरो मान्यता रहनेछ । मेरो वारेमा जानकार पार्टी सदस्य सार्थीहरुले यस क्षेत्रमा म बाहेक योग्य अरुमान्छे हामी छैनम हाम्रो यस क्षेत्रका लागि नारायण पोखरेल भन्दा सक्षम र योग्य मानिस हामीले अर्को पाउन सक्दैनौ भन्नेकुरा ठम्याएर सबै साथीहरुले सर्वसम्मतका आधारमै मलाई वर्डाअध्यक्षमा स्थान छाडिदिनुभएको हो यस स्थानमा म बाहेक अर्कोकुनै योग्य उम्मेद्धार भएको भए मइलेपनि छाडिदिन कर लाग्थ्यो ।

६) एउटा मिठो कल्पना गर्रौ नारायण पोखरेलले यस क्षेत्रमा चिनाव जित्यो अवका ५ वर्षे कार्यकाल पछि कनकाई ३ को यस वर्डालाई कस्तो बनाउनुहुन्छ ।

कनकाई नगरकै मात्र नभएर झापाकैलागि यो ३ नम्बर वार्ड धेरै सम्भावना बोकेको वार्ड हो सहि मानिस पाएमा यस वार्डले फड्को मार्न ५ वर्षपनि यहाँका जनताले कुर्नुपर्नेछैन् । यो एउटा व्यापारिक क्षेत्र र बजारको क्षेत्रपनि हो । पहिलो त यहाँका हरेक बाटो पिच , ढल निर्माण , वत्ती विजुली , फोहोर व्यावस्थापन , रोजगारीको श्रृजना , शिक्षा स्वास्थ्य खेलमैदान वन व्यावस्थापन यी त आधारभुत कुरा भए पहिलो वर्ष या सुरुका वर्षमा यी कुरा पुरा गरिसकेर प्राथमिकताका आधारमा १÷२÷३ गर्दै पुरा गर्दै जाने हो । बाकी कुरा म घोषणापत्रमै उल्लेख गर्दछु यहाँ सबैकुरा राख्दा लामो हुनजान्छ , पत्रिका अनलाईमा नअटाउला पनि म मेरा सुभेच्छुकहरुलाई क्रिपया कुनैपनि माध्यमबाट मेरो घोषणापत्र हेरिदिन पनि आग्रह गर्दछु ।

७ ) यस ३ नम्बर वार्डको मुख्य समस्याहरु केके देख्नुभएको छ ?

बाटोको समस्या छ , ऐलानीमा वर्षैदेखिको वसोवास रहेका यहाँका सुकुम्वासीको समस्या रहेको छ , खानेपानीको समस्या , ढलनिकास , राम्रो किसिमको स्वास्थ्य उपचारको व्यावस्था हुन सकेको छैन् । यी सबैसमस्याको पहिचान गर्दै सबैलाई व्यावस्थापनगर्दै लैजानुनै प्रमुख समस्या भएको हुनाले यीनीहरुलाई पहिलो प्राथमिकता निर्धारण र कार्यान्वयनको पक्षमा लैजानु आवश्यक छ ।

८) यस वार्डका सम्भावना पनि छ होलान नी ?

कनकाईमा सवैभन्दा वढी सम्भावना बोकेको यो वार्डनै हो । यस वार्डमा सवैदलका नेताहरुको बसोवास रहेको वार्ड पनि हो । सवै दल पेशा धर्महरुका आआफ्नै विधान र मान्यता रहन सक्छन तरपनि अनेकतामा पनि एकता खोज्न सक्नेहो भने सम्भावनाको ढोका खोल्न सकिन्छ  । यस क्षेत्रको पर्यटन , शिक्षा , स्वास्थ्य र खेल पर्यटन उद्योग धन्दा लगायातका यावत कुरामा हामीले ठुलो फड्को मार्न सक्छौ तर आवश्यकता छ एकताको जसरी यहाँका जनताले अदभुत एकता प्रर्दशन गरेर बन्दमुक्त नगरीका रुपमा अगाडि वढाए त्यसरीनै हामीले हरेक समय र क्षेत्रमा एकता प्रर्दशन गर्नसक्नु पर्दछ जुन क्षमता ममा रहेको पनि सबैमा जानकारी दिन चाहन्छु ।

९) युवाका लागि कस्तो कार्यक्रम राख्नुभएको छ ?

देशका मेरुदण्ड मानिने युवाका वारेमा कार्यक्रमहरु राख्नु र कार्यान्वयनमा लैजानसक्नुमै मेरो आधा सफलता निर्भर रहनेछ । मेरो वार्डका युवालाई खेलकुद र रोजगारीको प्राथमिकता रहने छ कम्तीमा खेल खेलेर पनि घरमा जिवन चलाउन सक्ने वातावरण म बनाउछु यो मेरो प्राथमिकता भयो । म हेर्दैछु कति राम्रो खेल खेल्ने भाईहरुलाई फेसबुकबाट अरबको खाडीमा श्रम गर्न गएको पाएको छु । यसले मेरो मन पटक पटक रोएको छ के गर्नु देशकै निति सहि छैन मेरो चाहना हुदाछदापनि केहि गर्न सकिरहेको छैन् । चौरमा भएका खेल प्रतियोगितामा २÷४ हजार सहयोग गरेर मात्रै केहि हुदैँन हामीमा उत्पादन भएका खेलाडीहरुलाई कम्तीमा हामीले यहि रोक्न सक्नुपर्दछ । उनीहरुको प्रतिभभाई त्यसै मर्न दिनु हुदैँन ठुलो कुरा गर्नु परेको छैन् । खेल्दा खेल्दै घाइते बनेको खेलाडीलाई सरकारले सुरक्षा उपचार र कम्तीमा यस कनकाई नगरपालिकाका एउटा फुटबल टिम , एउटा क्रिकेट टिम र एउटा भलिवल टिमलाई मासिक तलव सुविधा दिएर एउटा कोचको त नियुक्त गर्न सक्छौ नि त्यसका लागि त ठुलो पहाडनै झर्दैन नि ?

१० ) बृद्धबुद्धाहरुका लागि केकस्तो योजना ल्याउनुभएको छ ?

म एउटा धार्मिक ब्याक्ति पनि भन्न रुचाउछु म आफैँ पनि यस क्षेत्रमा लाग्ने हरेक पुराणहरुमा संयोजक सह संयोजक भएर पनि कार्य गरीरहेको सबैले देख्नै भएको छ कम्तीमा हरेक २ महिनामा यस क्षेत्रमा लाग्ने पुराणका लागि म वार्डअध्यक्ष हुदापनि म ती पुराणको संमन्यकारी भुमिकामा रहनेछु । हामी जोपनि पछि गएर बृद्धाअवस्थामा जानेछौ त्यसका लागि कम्तीमा उहाँहरुका लागि राम्रो औषधि उपचारसहितको बृद्धाआश्रम खोल्ने छु ।

११) वन व्यावस्थापनका लागि कस्ता योजना छन् ?

म हेदैँछु नेपालकै पुरानो यस कनकाई सामुदायिक वनको अवस्था लथालिङ्ग छ वर्षौ देखिका लढेका रुख कुहिएर गएका छन् । नया विरुवा फाडिएर गएका छन् । प्रथमत म यस वनको माटो परिक्षण पछिमात्रै विक्षारोपण र पुराना रुख निकालेर ठाँउ खालीमा बृक्षारोपण गर्ने वनका हरेक क्रियाकलापमा म वार्डअध्यक्षहुदा सधैँ सकारात्मक पहल गर्नेछु सामुदायिक वनको अध्यक्ष र समिति र उपभोक्ताहरुमा परिचालनमा मेरो ध्यान जानेछ । रुखो र केहि नहुने स्थानमा पनि कुनै ठुलो योजना बनाउने मेरो इच्छा पनि छ । जुन म घोषणा पत्रमा उल्लेख गर्नेछु ।

१२)  फोहोर व्यावस्थापन र वजार व्यावस्थापनमा यहाँको योजना के छ ?

यी दुवैकुरा मेरा प्राथमिकतामा परेका छन् । जुन मैले घोषणापत्रमा उल्लेख गरेको पनि छु । कनकाई नगरको विकासका लागि पनि अहिले जहाँ हटिया लागेको छ त्यो ठाउँमा व्यावसायिक भवन बनाउने र तरकारी र अन्य बजारलाई अन्यत्रै लैजानुपर्दछ । बजार फराकिलो बनाउने फोहोररहित स्वास्थ्य हाम्रो कनकाई नगर बनाउन सार्वजनिक सौचालय , सफाई कर्मचारी थप्ने काम म गर्नेछु । बजार व्यावस्थापन समितिलाई यी यावत कुराको जिम्मेवारी दिइनेछ नगरले समन्वयकारी भुमिका खेल्नेछ ।

१३) कनकाई ३ को सबैभन्दा मुख्य समस्या सुकुम्बासी यानिकी धर्नीपुर्जाको समस्या यसलाई कसरी हल गर्नुहसनछ ।

सर्व प्रथम त मसग प्रतिस्पर्धामा आउनुहुने अन्य उम्मेद्धार भन्दा मपनि यस समस्याले पिल्सीएको मानिस हु मपनि ऐलानी जग्गामा बसेको छु । यसको पिडा सम्भवत मलाई जति अरु कसैलाई थाहा होला हामीले पाइसकेको धर्नीपुर्जापनि यहाँका केहि नेता र टाठाबाँठाहरुको छलछाममा परेर मैले पनि धर्नीपुर्जा पाइन  यसवाट कतिजनालाई फाइदा पुग्यो पनि होला कतिजनालाई लामो निन्द्रा लाग्योपनि होला तर म जस्ता हज्जारौ सुकुम्वासीको मन रोएको छ , धर्नीपुर्जा हातमा आएर पनि उम्केको हामी सबैले चाल पाएकै छौ । अव यो छुट कसैलाई हुनेछैन सर्वप्रथम  म र मजस्ता सबै जनतालाई धनीपुर्जा वितरण गरिसकेर मात्रै म यो पुर्जा लिनेछु । म पनि एउटा सुकुम्वासी उम्मेद्धार हु मेरो उम्मेद्धारीनै सबै सुकुम्वासीको उम्मेद्धारी हो । मलाई गाइ चिन्हमा मत खसालेर जिताउनुभयो भने म एक सुकुम्वासीका हकमा म लागि पर्ने छु ।

१४) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामी सबैको साथ हामी सबैको विकास भन्ने मेरो नारा रहेको छ । मइले स्वदेश विदेशमा रहेर पनि काम गरिसकेको छु । क्रिपया मत हाल्दा हात नकमाउ गाइ चिन्हमा मत हाल्यौँ मेरो जित भनेको सवै युवा , मदेसी , विदेशी भुमीमा पशिना बगाउने युवा , वृद्धा , पढेलेखेका सवै ब्याक्तिको जित हुनेछ मतदानमा हाम्रो भन्दा राम्रो उम्मेद्धारी चुनौ भन्न चाहन्छु ।
प्रस्तुती: लीलाराज झापाली