कनकाई अनलाइन।शरणामती,असोज ११।झापा गाउँपालिका-६ भृकुटी चौक निवासी बाहा मुर्मुको क्यान्सर रोग उपाचार्थ उठेको रकम अगुवा युवाहरुले परिवारलाई हस्तान्तरण गरेका छन।
एक विशेष कार्यक्रमका बिच अगुवा युवाहरु मनोज ताम्ली र प्रेम बिष्टले संयुक्तरुपमा मुर्मुका माइला छोरा देवान मुर्मु (ताला) लाई कुल उठेको रकम १ लाख ९७ हजार दुई रुपैयाँ रकममा कुल खर्च १ लाख ६० हजार ७४० रुपैयाँ कटाएर बचेको कुल ३६ हजार २६२ रुपैयाँ रकम हस्तान्तरण गर्नुभयो।रकम हस्तान्तरण गर्दै मुर्मुको उपचारमा सबैको सहयोगको प्रशंसा गर्दै ताम्लीले बिरामीको सफलता पुर्वक गालाको शल्यक्रिया भएकाले अब उपचारमा थप सहयोगको आव्यश्यकता नपर्ने बताउँनु भयो।कुनै भवितब्य आइनपरे यही बचेको रकम सहि सदुपयोग गरि आमाको उपचारमा खर्च गर्न छोरा देवानलाई ताम्लीले आग्रह गर्नुभयो।अगुवा युवा बिष्टले अनेक चुनौतीका बाबजुद पनि क्यान्सर पिडित मुर्मुको उपाचार्थ सबैले सहयोग गरेको भन्दै दाताहरु प्रती सम्मान ब्यक्त गर्नुभयो।कार्यक्रममा मुर्मुका छोरा देवानले आमाको उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यबाद दिदै अगुवा युवाहरु प्रती आभार ब्यक्त गर्नुभयो।
बिर्ता सिटी हस्पिटल बिर्तामोडले मुर्मुलाई गालामा रहेको घाउँमा क्यान्सरको लक्षण देखिएको भनेपछी गत श्रावण २६ गते स्थानिय अगुवा युवाहरु केशब बजगाईं,मनोज ताम्ली,प्रेम बिस्ट,छत्र बिष्ट,केशब चापागाईं लगायतको परामर्समा क्यान्सर अस्पताल चितवन लगिएको थियो।क्यान्सर अस्पतालले बिरामीको सफल शल्यक्रिया गरि घर फर्काएको छ।अहिले बिरामीलाई चाहिने आव्यश्यक औषधि खुवाइरहेको देवानले कनकाई अनलाइनलाई बताउनु भयो।
क्यान्सर पिडित मुर्मुलाई सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार छ।