कनकाई अनलाईन
झापामा एक बर्षभित्र ३५३ जना फरार अभियुक्तलाई पक्राउ गरि १४१ बर्ष ६ महिना २ दिन कैद फैसला गर्न सफल भएको छ ।
यस आर्थिक बर्ष २०८०/८१ भित्र अदालतले विभिन्न समयमा सजायको फैसला सुनाएका यस अवधिमा फरार ३५३ जनालाई पक्राउ गर्न सफल भएको र उनीहरुलाई उक्त समयको सजाय कैद गर्नुका साथै उनीहरुबाट ४ करोड ४० लाख ९२ हजार २७८ रुपैँया बिगो जरिमाना समेत कायम भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुभयो । जसमध्ये यहि २०८० साल फागुन ६ गतेदेखि हालसम्म मात्रै ६६ बर्ष ४ महिना ३ दिन कैद र ४२ लाख ४६ हजार १९७ रुपैँया बिगो जरिवाना कायम गरिएको र १८८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्न प्रहरी सफल बनेको प्रहरीले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा