कनकाई अनलाईन
पछिल्लो समय रोजगारीका लागि कोरिया नेपालीहरुका लागि निक्कै आकर्षक गन्तव्य मानिएको छ ।
कोरिया भाषा सिक्ने र भाषा परिक्षा पास गरेर रोजगारीमा जानेहरुको सङ्ख्या नेपालमा दिनानुदिन वढीरहेको वेला यहाँस्थित कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको गुरुकुल क्लासेसमा कोरियान भाषा सिक्नेहरुको सङख्या दिनानुदिन वढिरहेको छ । दैनिक रुपमा कक्षा लिनेको लर्को लागेको पाइएको छ । आफुहरु कोरियान भाषा सिकेर रोजगारीमा जानका लागि भाषा सिक्नका लागि घरकै खाना खाएर दैनिक रुपमा गुरुकुल क्लासेसमा आउने गरेको विद्यार्थीको भनाई रहेको छ ।
कोरियान भाषाको साथै वार टेन्डर तालिमका साथमा आइएल्स, पिटिई, र जापानिज भाषा साथै कक्षा ६ देखि स्नातकका टयुशन कक्षाहरु समेत लिनका लागि गुरुकुलमा आउने गरेका छन । यसका साथमा मल्टेश्वरी कक्षाका शिक्षकको तालिम, यसका संचालकको भनाई छ । विभिन्न देशको अनुभव लिएका दक्ष शिक्षक शिक्षिकाहरुद्धारा संचालित गुरुकुलमा विभिन्न भाषा परिक्षा र तालिमका कक्षाहरु संचालन गरिदै आएको र पछिल्लो समयमा औपचारिक शिक्षाका साथमा वैदेशिक रोजगारीमा जानेहरुले भाषाको ज्ञान लिनेको सङ्ख्या बढिरहेको गुरुकुल क्लासेसका संचालकको भनाई छ ।