कनकाई अनलाईन
भद्रपुर एयरपोर्टबाट लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विहीवार साँझ ७ बजेको समयमा विशेष सुरक्षागार्डले चेकजाँचका क्रममा बुद्ध एयरको उडानबाट काठमाण्डौतर्फ जान लागेका यात्रु लमजुङ बेसीसहर नगरपालिका ६ घर भई काठमाण्डौ महानगरपालिका ५ बसपार्क बस्दै आएका २४ बर्षिय युकेन गुरुङ्गलाई पक्राउ गरेको हो ।
एयरर्पोटबाट खटिएको प्रहरी टोलीले ट्राउजरको इजारमा लुकाएर लैजान लागेको अवस्थामा १२ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका गुरुङ्गलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान