कनकाई अनलाईन
आजदेखि झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा सुरुङ्गा जेसिजको आयोजनामा तेस्रो जेसिजकप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
झापाका झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका दमक, भद्रपुर, गौरादह र बुद्धशान्ति तथा र अन्य जिल्लाका बेलवारी र चुलाचुली समेत गरि ८ टिम सहभागि हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ६१ हजार १११ रुपैँया पाउने छ । यसैगरि तेस्रो हुने टिमले २५ हजार नगद प्राप्त गर्ने जेसिजका महासचिव तथा भलिबलका पुर्व खेलाडी समेत रहेका राजु पाठकले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।
यसैगरि खेलमा सर्वोकृष्ट खेलाडीले २४ इन्चको टेलिभिजन पाउने र अन्य विधागत उत्कृष्ट खेलाडीहरुले समेत नगद पुरस्कार पाउने छन । आगामी माघ ७ गतेसम्म हुने प्रतियोगितामा पालिकाबाट विदेशी खेलाडीहरुको सहभागिता रहने जेसिजका पुर्व अध्यक्ष जविन तिम्सिनाले बताउँनुभयो । खेल सम्पन्न गर्न १२ लाख ३६ हजार रुपैँया खर्च लाग्ने जानकारी गराइएको छ । अहिले १ बजे हुने उदघाटन खेल दमक नगरपालिका र भद्रपुर नगरपालिका विच हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको सहआयोजना कनकाई नगरपालिकाको खेलकुद विकास समिति रहेको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ