कनकाई अनलाईन
पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्तीको अवशरमा झापाको चारआलीस्थित श्रीनयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ ।
बुधवार कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शाहको शालिकमा आयोजित कार्यक्रमका बिच सेनाको गणले सलामी अर्पण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको हो ।
प्रदेश सभा सांसद एकराज कार्कीेले सो अवशरमा पृथ्वी नारायण शाहको योगदानकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा नरहेको बताउँनुभयो । अहिलेको राष्ट्रिय गानमा भनिएझै सयौ थुगा फुलका हामी एउटै माला नेपालीको श्रेय समेत पृथ्वीनारायण शाहमा जाने सांसद कार्कीको भनाई थियो । सोही अवशरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, इतिहासविद जीवनकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा लगायातले अंग्रेजको अधिनबाट नेपाललाई मुक्त बनाउने काम पृथ्वी नारायण शाहले गरेको भन्दै हाल हामी नेपाली हुनुमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउँनुभयो । हामी त्यसवेला व्रिटिसको अधिनमा भएको भए हाल भारत, बंगलादेश वा पाकिस्तानको नागरिकक ाझै त्यहाँ रहने नेपालीका झै दोस्रो दर्जाका नागरिक भएर वाच्नुपर्ने अवस्था आउन सक्ने उहाँहरुको भनाई थियो ।
सोही अवशरमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो । उक्त अवशरमा सुरुङ्गा डान्स सेन्टरका कलाकारहरुद्धारा राष्ट्रिय नृत्य प्रस्तुत गरिएको थियो ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन