कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजक कनकाई भेट्रान क्लव सुरुङ्गाले जितेको छ ।
शनिवार भएको फाइनल खेलमा धरान भेट्रान क्लवलाई २—४ गोल अन्तरले हराउदै आयोजक बिजयी भएको हो ।
उपाधि सहित आयोजकले नगद १ लाख १ हजार रुपैँया प्राप्त गर्यो । उपबिजयी हुने धरानले ६१ हजार नगदमा चित्त बुझाएको थियो ।
आयोजक कनकाईको टिम २ —० गोल अन्तरले पछाडि परेको अवस्थाबाट बिजयी बनेको हो । आयोजकका तर्फबाट सुजितकुमार राईले २ गोल गर्नुभयो । बाकी गोल दिलकुमार राई र विनोद वान्तवाले गर्नुभयो । पराजित धरानका तर्फबाट दुबै गोल रमेश गुरुङ्गले गर्नुभयो । प्रतियोगिताको म्यान अफ द सिरिज आयोजक टिमका बिमल गुरुङ्ग हुनुभयो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर आयोजकका किरण वडुवा, सर्वोधाकि गोलकर्ता आयोजककै सुजितकुमार राई हुनुभयो । प्रतियोगिताको बिजयी तथा उपबिजयी टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , समाजसेवी शेरबहादुर थापा लगायातले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको सभापतित्व क्लवका अध्यक्ष श्यामकुमार राईले गर्नुभएको थियो । प्रतियोगितामा प्रदेश एकका ८ टिमको सहभागिता रहेको थियो ।