सिएम शर्मा
कनकाई भेट्रान क्लबको अयोजनामा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी दोस्रो प्रदेश स्तरिय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आज आयोजक र धरानको टिम उपाधि रक्षाका लागि आमनेसामने हुदै छन । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा उर्लाबारी भेट्रान क्लब लाई पाखा लगाउदै धरान भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ ।
धरानले उर्लाबारी लाई २ , १ गोल अन्तरले पछि पार्दै फाईनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हापको २२ औ मिनेटमा धरानका जर्सी नं १२ का खेलाडी रमेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएको खेलमा खेल प्रतिस्पर्धात्मक देखिए पनि पहिलो हापमा दुबै तर्फबाट अन्य कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको ३अौं मिनेट चलिरहदा उर्लाबारीका जर्सी नं। १५ का खेलाडी डिल्लीप्रसाद बास्कोटाले गोल गर्दै टिमलाई बराबरीमा पुर्याउन सफल भएका थिए ।
दोस्रो हाफको सुरुमै उर्लाबारीले गोल गरेर खेल बराबरीमा गएपछि थप प्रतिस्पर्धात्मक र रोचक बनेको खेलको दोस्रो हाफको ३१ अौं मिनेटमा धरानका जर्सि नं। ८८ का खेलाडी सुरज कुमार श्रेष्ठले गोल गर्दै टिमलाई २ ( १ गोल अन्तरले अग्रता दिलाएका थिए । खेलको बाँकी समय प्रतिस्पर्धात्मक रहेपनि दुबै तर्फबाट थप कुनै गोलहुन नसकेपछि धरानका खेलाडी सुरजले गरेको गोलनै निर्णायक गोल बन्न पुगेको हो ।
खेलमा म्यान अफ दी म्याच बिजेता टिम धरानका जर्सि नं। १४ का खेलाडी सुमन श्रेष्ठ धोषित भए । कनकाई ३ का वडा सदस्य समेत रहेका समाजसेवी युवा गोविन्द सुवेदीले प्रायोजन गरेको म्यान अफ दी म्याचको पुरस्कार नगद दुईहजार सुवेदीकै हातबाट उनलाई प्रदान गरियो ।
पहिलो पुरस्कारको राशि १ लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, मेडल , ट्रफी र प्रमाण पत्र रहेको प्रतियोगिताको फाईनल खेल यही पौष १६ गते शनिवार आयोजकसग हुदै छ । आयोजकले समेत दमकको चुनौती पार गर्दै फाईनलमा प्रवेश गरेको हो । आयोजक कनकाई यस अघिको प्रथम पटकको समेत बिजेता हो ।