कनकाई अनलाईन
सुरुङ्गा । झापाको सुरुङ्गामा सम्पन्न द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२२ को ग्रान्ड फिनालेबाट सिनियरतर्फको उपाधि रोशना डाँगी र आरम्भ संग्रौलाले उचालेका छन् भने जुनियरतर्फ समृद्धि चौधरी र आरिभ वंशलले उचालेका छन् ।
ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित कनकाई–३ सुरुङ्गास्थित लोटस होटलमा सम्पन्न प्रतियोगितामा सिनियर गर्ल्सतर्फ निमिशा सुब्बा फस्ट रनरअप र दिव्या मगर सेकेन्ड रनरअप भए ।
त्यस्तै जुनियर गर्ल्सतर्फ खुशी थेगिम फर्स्ट रनरअप र दिप्सिका बाँस्कोटा सेकेन्ड रनरअप बनेका छन् । जुनियर बोइजतर्फ रिजन खड्का फस्ट रनरअप र न्युसन ओलीले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । गर्ल्सतर्फ सृजा लामिछाने र बोइजतर्फ न्युसन ओलीले बेस्ट ड्रेस अवार्ड जितेका छन् । सोसल मल्टिमिडिया अवार्ड आरिभ वंशलले प्राप्त गरेका छन् ।
कार्यक्रममा सबटाइटलतर्फ जुनियर गर्ल्समा समृद्धि चौधरी बेस्ट फमेन्स, सोना लिङ्देन मोस्ट इन्टेलिजेन्स, दिपशिखा बाँस्तोला ब्युटिफूल फोटोजेनिक, लुना उप्रेती ब्युटिफूल स्माइल, आयुषा शाहा ब्युटिफूल हेयर, खुशी थेगिम मोस्ट ट्यालेन्ट, जस्मिन गहतराज मोस्ट चार्मिङ अवार्ड जित्न सफल भएका छन् । जुनियर बोइजतर्फ न्युसन ओली मोस्ट हेन्डसम, रिजन खड्का मोस्ट ट्यालेन्ट, आरम्भ संग्रौला बेस्ट वाल्क, आरिभ वंशल मोस्ट कन्फिडेन्ट अवार्ड जित्न सफल भए । सिनियर गर्ल्सतर्फ सर्मिटा ओली लिटल कङ्गनालिटी, निमिशा सुब्बा ब्युटिफूल पर्सनालिटी, रोश्ना डाँगी ब्युटिफूल वाल्क, दिभ्या मगर बेस्ट डिसिप्लिन, सृजा लामिछानेले बेस्ट एक्स्प्रेसन अवार्ड प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा तक्षशिला एजुकेशन फाउन्डेसन बिर्तामोडका प्रिन्सिपल रोहित ढुङ्गेल, मोडल सिर्जना खड्का र ड्रेस डिजाइनर आशा बानियाँ उप्रेती रहेका थिए । कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, सन्तोष रायमाझी, लोटस होटलका सञ्चालकद्वय प्रकाश श्रेष्ठ, धिरज श्रेष्ठ, शिक्षासेवी विमान लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गायिका गंगा विष्ट, कृपा भट्टराईले गीत प्रस्तुत गरेको कार्यक्रममा ग्लोबल एडुकेयर फाउन्डेसनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए । लायन्स क्लब सिन्धुलीकी पूर्व अध्यक्ष, कनकाई नगरपालिका नेवाः मिसा दवूकी संस्थापक अध्यक्ष, समाजसेवी रोटरियन कविता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।