कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेद्धार सम्भुप्रसाद ढकाल सुस्केरा जितको नजिक भएको पार्टीका अध्यक्ष रमेश मैनालीले दावी गर्नुभएको छ ।
पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित झापा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदकालागि घण्टी चुनाव चिन्ह लिएर शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ले घरदैलो अभियानलाई तिब्र बनाएका छन् । ढकालले आफ्नो स्थानीय र राष्ट्रिय घोषणापत्रलिएर घरदैलोमा निक्किएका छन । उनले स्थानीय घोषणापत्रमा ५ बर्षमा १० काम गर्ने भन्दै स्वास्थ्यमा मृगौला, मुटु, क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि काठमाण्डौमा बिरामी र परिवारका लागि सुलभ वासस्थानसहित उपचारको व्यावस्था, शिक्षामा निशुल्क गुणस्तरीय शिक्षा, उत्पादन र रोजगारी, दिगो विकास, जनमैत्री कानुन, भ्रष्टाचार नियन्त्रण लगायात स्थानीय नदि नियन्त्रण, हात्ती नियन्त्रण, सुकुम्वासी समस्याको दिगो समाधान, युवा लक्षित कृषि कार्यक्रम लगायातका मुद्धालाई घोषणापत्रमा समावेश गरेका छन ।
पुर्व प्रहरी समेत रहेका सुस्केरा एक साहित्यकारका रुपमा पनि परिचित छन ।
झापा कनकाई नगरपालिका २ का स्थायी बासी सुस्केराले राजनीतिशास्त्रमा एमए गरेका छन् । नेपाल प्रहरीमा २२ वर्ष सेवा गर्ने क्रममा १५ वर्ष रेडियो नेपाल, १ वर्ष कान्तिपुर एफएम र १ वर्ष ट्राफिक एफएममा काम गरेका थिए । इमान्दार र निष्ठावान छबि भएका सुस्केराका ‘सहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ दुई कथा संग्रहसहित विभिन्न पत्रपत्रिकामा दर्जनौं लेख, कविता र निबन्ध प्रकाशित छन् । ढकालले आफूहरू नष्ट हुन सक्ने, तर भ्रष्ट नहुने बताउँदै आफूले राजनीतिलाई पेसा होइन, जनताको सेवा हो भन्ने मर्मका साथ काम गर्ने बताए ।
आफूलाई मतदाताले मत दिए ५ वर्षपछि भोट माग्न नआउने, जनताको पक्षमा राम्रो काम गर्ने र जनता आफैंले खोजीखोजी भोट दिने गरी काम गर्ने उनले बताए ।
योगका साधक समेत रहेका ढकाल शान्तिसेनाका रुपमा सुडान मिशनमा समेत गएर अनुभव बटुलिसकेका युवा उम्मेद्धार हुन । कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगंञ्ज र गौरादहका केही वार्डहरुमा आफुहरुले घरदैलो र कोषसभा सकिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेशचन्द्रबाबु मैनालीले बताए । माहौल आजभन्दा भोली राम्रो छ जनताको साथ हामीलाई छ मैनालीले कनकाई अनलाईनसग भने ।