कनकाई अनलाईन
आगामी निर्वाचनमा बदरमतको सग्ख्या कम गर्ने उध्येश्यले झापाको क्षेत्र न ४ मा आज नमुना मतदानभएको छ।
झापा छेत्र न ४ मा भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले छेत्र न ४ को मतदान अधिकृतको कार्यलय परिसर भित्र कनकाई नगरपालिकाको कार्यलयमा नमूना मतदान सम्पन्न गरिएको हो।
नमुना मतदानमा कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल , उप– प्रमुख आशा शर्मा शिवाकोटी ,प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने लगायत २१जनाले मतदान गरेका गर्नुभएको थियोे । त्यसमध्ये कुनै पनि मत बदर नभएको आजका लागि मतदान अधिकृत जमुना कटुवालले जानकारी दिनुभयो । नमुना मतदान गराउनु अघि मतदानमासहभागी सबैलाई जिल्ला निर्वाचन कार्यलय झापाका कर्मचारी बसिस्ट अधिकारीले मतदाता शिक्षाका बारेमा जानकारी गराउनु भएको थियोे ।
आगामी निर्वाचनमा बदर मतको सख्या सुन्य पार्ने उध्यस्यले झापाका १५ ओटै पालिकामा नुमना मतदान भोलि सम्ममा सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको जिल्ला निर्वाचन कार्यलय झापाका कर्मचारी अधिकारीले जानकारी दिनुभयो । नमुना मतदानपछि गणनासमेत गरिएको थियो ।
यता झापा निर्वाचन छेत्र न ४ मा निर्वाचन सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो।
निर्वाचनका लागि आवश्यक सामग्री सबै कार्यलयमा आईपुगेको अन्य मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आगामी ३० गते नियुक्तिका लागि बोलाईएको र १ गतेदेखि मतदान स्थलमा खटिन निर्देशन दिनेगरि काम अगाडी बढाईएको छेत्र न ४ का निर्वाचन अधिकृत गौतमले बताउनु भयो।