कनकाई अनलाईन
झापाका बौद्धिक व्याक्तित्व युक्त भेटवालले झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
सुरुङ्गास्थिता सुरुङ्गा खानेपानी तथा सरसफाईको हलमा आयोजित वृहत कार्यक्रमका विच बाम बुद्धिजिवि भेटवालको उम्मेद्धारी घोषणा गरिएको हो ।
स्वतन्त्र नागरिक कार्यसम्पादन समुहका संयोजक शेरबहादुर थापाले बौद्धिब व्याक्तित्व भेटवालको उम्मेद्धारी घोषणा गर्नुभएको थियो । थापाले जनताको मन आफुहरुले जितिसकेको भन्दै अव मत समेत जितिने धारणा राख्नुभयो ।
उम्मेद्धारी घोषणा पछि बोल्दै भेटवालले लामो समय राजनैतिक भुमिकामा रहेर पनि राजनैतिक दलहरुको चरम बेइमानीका कारण देश दशकौ पछाडि परेको भन्दै आफ्नो उम्मेद्धारी घोषणा गर्नुपरेको बताउँनुभयो । भेटवालले दलका नेताले सम्पत्ति र पदको पछाडि मात्रै दौडिने गरेका कारण जनतामा असन्तुष्टिको ज्वाराभाट उर्लिएको बताउँनुभयो । हामीले पुरानै दलका पछाडि लाग्ने हो भने आजसम्म हामीले पाएका थप उपलब्धीहरुसमेत गुमाउनुपर्ने हुन्छ त्यसकारण पनि मेरो उम्मेद्धारी हो नेता भेटवालले भन्नुभयो ।
उम्मेद्धारी घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण आफुलाई २०५६ सालको आम निर्वाचनमा हराईएको समेत भेटवालले बताउँनुभयो ।
कार्यक्रममा वरिष्ट अधिवक्ता हरिप्रसाद उप्रेती, झापा क्षेत्रनम्बर २ का स्वतन्त्र उम्मेद्धार स्वागत नेपाल, स्वतन्त्र नागरिक समुहका नेताहरु परशुराम गिरी, लक्ष्मी ओली, चन्द्र मैनाली भतिज, केशव बजगाई लगायातले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत दावा सेर्पा र संचालन दिनानाथ खतिवडाले गर्नुभएको थियो ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या