कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिकाको आयोजना तथा नोबेल अस्पतालको प्राविधिक सहयोगमा कनकाई नगरपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ्य ४ दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
स्वास्थ्य शिविरबाट ५ हजार बढीले सेवा लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । स्वास्थ्य शिविरमा ल्याव सेवाका साथै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच आवश्यक परामर्श र औषधि समेत बितरण गरिएको कनकाई नगरपालिका स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो । कनकाई नगरपालिकाले वार्डनम्बर ३,५ र ८ नम्बरमा स्वास्थ्य शिविर राखेको थियो । स्वास्थ्य शिविरमा मुटु, जनरल फिसिसियन, आखा, नाक , कान, छाला, वालरोग, हाडजोर्नी नशा लगायातका विशेषज्ञ सेवा प्रदान गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा हरेक बर्ष स्वास्थ्य शिविरको आयोजना हुदै आएको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम