कनकाई अनलाईन
२७ औ जनयुद्ध दिवशको अवशर पारेर नेकपा माओवादी केन्द्र कनकाईले सुरुङ्गास्थित गणतन्त्र चौकमा २७ वटा दिप प्रज्जलन गर्दै एमसिसि विरुद्ध नारावाजी गरेको छ ।
कार्यक्रममा बोल्दै माओावादी केन्द्र प्रदेशका उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजयले एमसिसिको सहयोगका अरुको देशको बन्धक हुनुभन्दा दुई गाँस कम खाएर स्वाधीन देशको नागरिक भएर बाच्ने उदघोष गर्नुभयो । २०५२ साल फागुन १ गते आफुहरुले सुरु गरेको जनयुद्धको सफलताबाटै २३८ बर्षको शाही शासनलाई जरैदेखि फालेको र हालका उपलब्धीहरु संस्थागत बनेको भन्दै एमसिसिको विरुद्धमा सबै नेपाली फेरि रगत बगाउन र बन्दुक उठाउन तयार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश सदस्य तथा कनकाई नगर इन्चार्ज गोपाल प्रसाईले एमसिसि तुरुन्त फिर्ता नगरे देशका सबै राष्ट्रवादी सपुतहरु गद्धार नेताको विरुद्धमा लागिपर्नुपर्नेमा जोड दिनुभयो । माओवादीले ल्याएको गाउँगाउँमा सिंहदरभारको नारा जससको निति उसको नेतृत्व हुन नपाउदा सिंहदरबारको अधिकार होइन भ्रष्टाचार गाउँ गाउँमा आएको भन्दै गणतन्त्र र संघियताको वदनामी भएको बताउँनुभयो ।
कार्यक्रममा पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेढाई, पार्टीकी कनकाई नगर सहइन्चार्ज सारदा प्रसाई, पाठक लगायातका नेता कार्याकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम पार्टीका सचिव विष्णु बिमलीले गर्नुभएको थियो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर