कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ३ सुरुङ्गाकी आफ्नी दिवंगत श्रीमती र आमा दिलरुपा लिम्बु पालुङ्गाको पुण्यस्मृतिमा श्रीमान र छोराछोरीले यहाँस्थित पुकार अपाङ्ग अशक्त समाज कोटीहोमलाई जाडोको कपडा र ह्वील चेयर प्रदान गरिएको छ ।
दीवंगत माता दिलरुपाको पुण्यतिथिको अवशर पारेर श्रीमान बमबहादुर पालुङ्गा, छोराहरु कुमार पालुङ्गा,मिनप्रकाश पालुङ्गा,विष्णु पालुङ्गा छोरीहरु कल्पना पालुङ्गा र सम्झना पालुङ्गा राई, बुहारी करुणा पालुङ्गा लगायातले अपाङ्ग समाजमा पुगि सिरक, ढसना, लगाउने कपडा,वैशाखी, र ह्वील चियर प्रदान गर्नुभएको हो ।
छोरा कुमार पालुङ्गा, बुहारी करुणा लगायातले पुकार अपाङ्ग समाजका सचिव गोविन्द सुवेदीलाई समाजकै घरमा पुगि उक्त सामाग्री प्रदान गर्नुभएको हो । सामाग्री प्रदान गर्दै छोरा कुमार पालुङ्गाले आफ्नी माताको समेत मृत्युपहिले समाजमा केही सरसहयोग गरौ भन्ने भावना रहेकोले आफ्नी माताको पुण्यतिथिमा पालुङ्गा परिवारले समाजलाई केहि सामाग्री प्रदान गरेको बताउँनुभयो । कुमार यस क्षेत्रका चर्चित संगित साधक तथा शिक्षक समेत रहनुभएको छ । भने श्रीमान बमबहादुर पुर्व ब्रिटिस लाहुरे समेत रहनुभएको छ ।
सामाग्री जिम्मा लिदै पुकार अपाङ्ग समाजका सचिव गोविन्द सुवेदीले आफ्नो समाजमा अशक्त असहाय १५ जनाभन्दा वढी वालवालिका रहेको र उनीहरु समाजका व्याक्तिहरुले आफ्नो जन्मदिन, पुण्यतिथिहरुमा गरेको सहयोगबाटै पालिदै आएको जानकारी दिनुभयो । कार्यक्रममा ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, विद्यार्थी नेता नविन सिटौला,युवा नेता पुर्ण लिम्बु, नेपाल पत्रकार महासंघका प्रदेश कार्यसमिति सदस्य लीलाराज झापाली लगायातको उपस्थिति रहेको थियो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो