कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी एकृकित समाजवादी निकट युवा संघको कनकाई नगर कमिटीको अध्यक्षमा पुर्ण श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।
सुरुङ्गामा सम्पन्न युवाहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन भएको हो । संगठनको उपाध्यक्षमा भानु पुरी र निशान खान सचिवमा सनम राजवंशी तथा कोषाध्यक्षमा अरुण श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।
युवाको भेलालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृतका जिल्ला अध्यक्ष वेदराज रेग्मी, पार्टीका केन्द्रिय सदस्य नीलमणि वराल, युवा संघ स्थायी कमिटी सदस्य नविन इजम, प्रदेश इन्चार्ज प्रत्युस राना, केन्द्रिय सदस्य खगेन्द्र बाह्रकोटी, राजन थापा, पार्टीका केन्द्रिय वरिष्ठ सल्लाहकार जनार्दन उप्रेती, युवा संघ जिल्ला अध्यक्ष सुनिल थापा, सचिव प्रतिक राजवंशी लगायातले शुभकामना मन्तव्य राख्दै सबै खाले ओली प्रवृति विरुद्ध जुध्न युवा संघ सक्षम भएको बताउँनुभयो ।साथै सहभागि युवाहरुले यो लडाई विचार वोक्ने र बुख्याचा बोक्नेहरुको भएको भन्दै बुख्याचा बोक्नेहरुको हार र विचार वोक्ने हरुको जित सुनिश्चित भएको बताएर्का िथए ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन