इप्रका सुरुङ्गा प्रमुख लिम्बुको भव्य विदाई


कनकाई अनलाईन
१९ महिना अगाडि इलाका प्रहरी कार्यालय सुरुङ्गाको जिम्मेवारी सम्माल्न आउनुभएका पदमसुन्दर लिम्बुको आज विशेष कार्यक्रमका बिच भव्य विदाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा हुनुभएका सई लिम्बुको बसाईमा सुरुङ्गा र कनकाई क्षेत्रको शान्ति सुरक्षामा पुर्याउनेभएको कार्यको सुरुङ्गेली र कनकाईवाशीले उच्च मुल्याङ्गन गरेका छन । सुरुङ्गास्थित ज्ञानज्योती युवा क्लवको आयोजनामा भएको विदाई कार्यक्रममा कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले कम्तीमा पनि १९ महिना सुरुङ्गा र नगरवाशी ढुक्कले निदाउने वातावरण सई पदमसुन्दर लिम्बुको कार्यकालमा पाएको बताउँदै राम्रो काम गर्ने र कनकाई नगरवाशीलाई चाहिने सईको विदाई गर्नुपर्दा सबै नगरवाशी दुखी भएको बताउँनुभयो । कार्यक्रममा बोल्दै पुर्व सुरुङ्गा गाउपालिका अध्यक्ष समेत रहनुभएको भीमप्रसाद अधिकारीले अबको चुनौत ीभनेको इलाका प्रहरी कार्यालय सुरुङ्गामा कम्तीमा पदमसुन्दर लिम्बुजतिको इन्चार्ज कसरी ल्याउने भन्नेमा रहेको बताउँनुभयो ।

अधिकारीले सबै मानिसमा बराबरी क्षमता नहुने र भएको क्षमताअनुसारको कार्य गर्न पनि वातावरण चाहिने भन्दै यी दुबै कुरा पदमसुन्दरमा रहेको बताउँनुभयो ।
यता पत्रकार महासंघ झापाका सदस्य समेत रहनुभएका पत्रकार लीलाराज झापालीले प्रहरी प्रमुख पदमसुन्दर लिम्बुले यस क्षेत्रका लागि धेरैकुरा दिएर जानुभएको र सबै कनकाईवाशीको मन मनमा बस्न सफल हुनुभएको भन्दै लिम्बुको भावी दिनसमेत सफल बन्नका लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा आयोजक संस्था ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवालले प्रहरी प्रमुख पदमसुन्दर लिम्बुसँग अदभुत क्षमता भएको र क्लवले साझेदारी धेरै काम गर्न पाएको भन्दै लिम्बुको कार्यशैलीको खुलेर प्रसंसा गर्नुभयो ।
कार्यक्रको संचालन क्लवका सचिव पारस खरेलले र स्वागत क्लवका सहसचिव साजन आचार्यले गर्नुभएको थियो ।
विंस २०७६ साल वैशाख १ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाको इन्चार्जका रुपमा आउनुभएका प्रहरी सरुवा भएर इलाम जिल्ला प्रशासनमा जानुभएको हो । सुरुङ्गामा हाल उदय राणा जिल्ला कारागारबाट आउनुभएको छ ।
आजै सरुवा भएर जानुहुने प्रहरी प्रमुख लिम्बुको विदाई र नयाँ प्रहरी प्रमुख राणाको स्वागतका लागि कनकाई उद्योग वाणिज्य संघको हलमा लायन्स क्लव कनकाई, उद्योग वाणिज्य संघ लगायातको आयोजनामा कार्यक्रमको आयोजना गरिएको छ । भने भोली बुधवार कनकाई नगरपालिकामा कार्यक्रम राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!