कनकाईमा आज एकसाथ १० जना संक्रमित


कनकाई अनलाईन
कनकाई नगरपालिकामा आज एकसाथ १० जना कोरोना संक्रमित थपिएका छन ।
कनकाई नगरपालिकाको २ नम्बरमा १ जना ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ , यसैगरि बार्डनम्बर ३ का ५३ बर्षिय पुरुष र ५४ बर्षका दुई जना महिला गरि ३ जनामा कोरोना पुष्टि भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
यसैगरि बार्डनम्बर ४ मा २४ र ३० बर्षिय दुईजना महिला कोरोना संक्रमित भएका छन ।


बार्डनम्बर ६ मा समेत २० बर्षिय महिला र ३० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । बार्डनम्बर ८ मा २६ बर्षिय महिला र ९ नम्बर बार्डमा एक ८१ ब्र्षिय महिला कोरोना संक्रमित भएका छन । उनीहरु सबैको कनकाई माईमा रहेको पिसिआर ल्यावमा कोरोना टेष्ट गरिएको थियो । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको समेत अधिकारीले बताउँनुभयो । हाल कनकाईका ९ बटै वार्डमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कनकाई नगरपालिकाका ६ जना कोरोना पोजेटिभको मृत्यु भएको छ भने कनकाईमा हालसम्म ३९ जना सक्रिय कोरोना संक्रमित रहदा कनकाइृमा जम्मा १६३ जनालाई कोरोना संक्रमण भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू