कनकाई अनलाईन
सरकारले सरकारीलाई मर्ज गर्नुपर्ने या न्युतत्तम मापदण्ड पुर्याउन सुचित गराएसगै झापामा सहरकारीहरु धमाधम मर्ज हुन थालेका छन ।
झापामा एकसाथ तीन सहकारी मर्ज भएका हुन । कनकाई नगरपालिकामा प्रधान कार्यालय रहेको धनुषकोटी कृषि सहकारी सहकारी र बिर्तामोडमा प्रधान कार्यालय रहेका जीवन समृद्धी बहुउश्यीय र स्वरोजगार भवानी साकोस बिच एकिकरण भएर स्वरोजगार समृद्धि साकोस नामकरण गरि एकता गरिएको छ ।
बिर्तामोडमा आयोजित कार्याक्रमका विच प्रदेशसभाका सदस्य झलकसिंह दलार्मीले सहकारी एकताको घोषणा गर्नुभएको हो । सहकारीको एकिकरणपछि सहकारीको शेयर सदस्य १० हजार र कुल शेयर पुजी ५ करोड ६५ लाख ३ हजार ४ सय ९९ रुपैँया पुगेको एकिकरण समितिका संयोजक गजेन्द्र पौडेलले बताउँनुभयो । एकिकरण अघि साधरणसभाबाट धनुषकोटी कृषि सहकारीलाई बचत तथा ऋण सहकारीमा लगिएको अध्यक्ष गोपाल प्रसाईले बताउँनुभयो ।
एकिकरणपछि सहकारीको केशव बस्नेतको अध्यक्षतामा नयाँ संचालक समिति समेत गठन गरिएको छ । हाल सम्म झापामा ९३० सहकारी दर्ता रहेकोमा २८ सहकारी भने एकआपसमा मर्जभइसकेको सहकारी साखा बिर्तामोडका प्रमुख डिल्ली दाहालले जानकारी दिनुभयो । कार्याक्रममा प्रदेश सभा सदस्य दर्लामी , जिल्ला सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी लगायातले सहकारी मर्ज भएर शेयर सदस्यहरुलाई बढी फाइदा दिन लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै