कनकाई अनलाईन
सुरुङ्गा । भ्रमणबर्ष २०२० को प्रचार गर्दै झापाली युवाले मेचीकाली पर्यटन प्रवद्धन यात्रा सम्पन्न गरेका छन ।
केवाइसी क्लव बाह्रदशी र श्रृजनशील युथ क्लव हल्दीवारीको आयोजनामा मेचीपुलबाट महाकाली पारिको दुई गाउँ चादनी र दोधारासम्मको यात्रामा टिका प्रसाईको संयोजकत्वमा भुपिन कटुलाल , केआइसीका अध्यक्ष समेत रहेका डिल्ली थापा, खगेन्द्र दाहाल लगायातको १९ युवाले मेची महाकाली पर्यटन प्रवद्धन यात्रा पूरा गरेका हुन ।
गत पुस १६ गतेदेखि २३ गतेसम्म गरि ८ दिनमा सकिएको पर्यटन यात्रामा मेचीपुलबाट झापा क्षेत्रनम्बर एकका सांसद राम कार्की पार्थले विदाई गर्नुभएको थियो । भने महाकालीबाट महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनुवारले विदाई गर्नुभएको थियो । यात्रामा पुर्वमा रहेका पर्यटकिय स्थलका वारेमा विभिन्न स्थानमा गई प्रचार गरिएको यात्रामा सहभागि भुपिन कटुवालले बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी