कनकाई अनलाईन
सिभिल बैँक लिमिटेड साखा सुरुङ्गाले आफ्नो स्थापनाको ९ औँ बार्षिक उत्सवको अवशर पारेर यहाँस्थित पुकार अपाङ्ग असक्त समाज कनकाईका वालवालिकालाई एक बर्षको खाद्यान्न सहयोग गरेको छ ।
बैँकका साखा प्रबन्धक प्रकाश निरौला र सहायक प्रमुख रोषनबाबु सुवेदी लगायातले असक्त समाजको कार्यालयमै पुगि आवश्यक चामल, चिउरा, चिनी , तेल, दाल मसला प्रदान गर्नुभएको हो । बैँकले सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्ग वालवालिकालाई खाद्यान्न सामाग्री प्रदान गरिएको निरौलाले बताउनुभयो ।
समाजकी अध्यक्ष निर्मला ओझाले हाल समाजको आश्रममा हाल २१ जना अपाङ्ग बालवालिका रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सुरुङ्गा रेडक्रस सोसाइटीका अध्यक्ष प्रविन तिम्सिना, समाजका कोषाध्यक्ष कमल बस्नेत, स्थानीय समाजसेवी तारा कोइराला लगायातले बैँकले असक्त वालवालिकाका लागि ठुलो सहयोग गरेको बताउँनुभयो ।
अपाङ्ग समाजलाई हालैमात्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक कठ्ठा जमिन दिएपछि एनएनबी बैँकले २५ लाखको लागतमा आवाश समेत बनाइदिएको छ ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला