कनकाई अनलाईन
झापाको कनकाई नगरपाकिला ३ अवस्थित भीमसेन बचत तथा ऋण सहकारी संस्थाको दसौ बार्षिक साधरणसभा सम्पन्न भएको छ ।
दसौ बार्षिक साधरणसभाको अवशरमा संस्थाका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठलाई अभिनन्दन गरिएको छ ।
श्रेष्ठको अगुवाईमा यसस्थित व्यावसायीहरुको पहलमा संस्थाको २०६६ साल .आसार ८ गते भीमसेन बचतको स्थापना १५९ जना शेयर सदस्यबाट भएको हो ।
हल यस संस्थामा ४६४ जना शेयर सदस्य रहेका छन ।
संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका लेखापाल टेकनारायण श्रेष्ठ र उत्कृष्ट वचतकर्ताद्धय लुना श्रेष्ठ र प्रकाश हेमरम , उत्कृष्ट ऋणिमा कृष्णबहादुर बस्नेत र जानुका कार्कीलाई सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई प्रदेशसभा सदस्य हिराकुमार थापा , वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया, सहकारी समन्वय समिति अध्यक्ष चम्पा खनाल सुवेदी , भगवती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिलचन उप्रेती , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , बुद्धिजिवि ओमदेव शाही लगायातले सम्मान गर्नुभयो ।
लेखा समिति संयोजक तेजु प्रधानले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रत्नकुमार श्रेष्ठले गर्नुभएको थियो । यसैविच संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले संस्थाको कुल शेयर पुजी १ करोड २० लाख ५२ हजार पुगेको र सहकारीले यस बर्ष खुद नाफा १५ लाख ४५ हजार ६ सय ९७ रुपैँया गरेको जानकारी दिनुभयो ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी