लीलाराज झापाली
झापाको बिर्तामोड स्थित डोमालाल रङ्गशालामा आगामी कार्तिक १६ गतेदेखि प्रथम अन्नपुर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप हुने भएको छ ।
प्रतियोगिताको वारेमा आयोजक जायोन स्पोर्टस क्लव बिर्तामोडले बिहिवार खेल मैदानमै पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी सबै पूरा भैसकेको जनाएको छ ।
आगामी कार्तिक २५ गतेसम्म हुने प्रतियोगितामा नेपालका ५ ओटा ए डिभिजनका टिम सहित आयोजक र भारतका २ टिम सहित १० टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष भक्त खबासले जानकारी दिनुभयो ।
जसमा आयोजक जायोन स्पोटिङ्ग क्लव , झापा ११ फुटबल क्लव , संकटा फुटबल क्लव काठमाण्डौँ , गोर्खा ब्वाईज रुपन्देही , विभागिय टिमहरु त्रिभुवन आर्मी काठमाण्डौ, नेपाल पुलिस क्लव काठमाण्डौ र एपिएफ क्लव काठमाण्डौ , भारतका २ टिमहरु सिक्किम आक्रमक र मोलवे क्लव आसाम भारतको टिमले सहभागिता जनाउने छन । प्रतियोगितामा थ्री स्टारले सहभागिता नजनाउने भएपछि हिमालयान सेर्पा आउने लगभग निश्चित भैसकेको समेत आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १२ लाख ५० हजार रुपैँया र दोस्रो हुने टिमले नगद ६ लाख २५ हजार नगर पाउने तथा प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले टिभिएस मोटरसाईकल प्रतियोगिताको विधागत खेलाडीहरु उत्कृष्ट गोलकर्ता , गोलरक्षक, डिफेन्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीलाई नगद १५ हजार रुपैँया प्रदान गरिने र हरेक दिनको म्यान अफ द म्याचका खेलाडीलाई नगद १० हजार रुपैँया प्रदान गरिने आयोजक समितिका प्रवक्ता अभिनास राईले बताउनुभयो ।
प्रतियोगिताका लागि करिव ८० लाख रुपैँया खर्च हुने र दर्शक बस्नका लागि बाँसको अस्थायी पाराफिट निर्माणको काम सकिसकिएको आयोजक समितिका सदस्य गौरीमान राईले बताउनुभयो । प्रतियोगिता यसअघिनै तय गरेपनि खराब मौसमका कारण एक महिना पछि सारिएको समेत राईले बताउनुभयो । यस गोल्डकप सगै झापाको बिर्तामोडको यस डोमालाल रङ्गशालामा एकै सिजनमा २ ठुला गोल्डकप हुने निश्चित भएको छ । यसअघि यस रङ्गशालामा झापा गोल्डकप हुने गरेको थियो ।
फोटो ः हाम्रो अन्तराष्ट्रिय गोल्डकपको वारेमा पत्रकार सम्मेलनमा जानकारी दिदै आयोजक संस्थाका पदाधिकारीहरु तस्वीर ः लीलाराज झापाली