सम्पादकिय
मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने डेङ्गु रोगले विस्तारै महामरीकै रुप लिन थालेको छ ।
झापा जिल्लाभरमा एक हजार भन्दा वढी विरामी रहेको अनुमान गरिएको छ । कनकाई नगरपालिकाका कोटीहवन र घाग्रा खोला किनारमा समेत यसले सताउन थालेको छ । यस वारेमा नागरिक सरकारका तीनै तह वेलैमा सजग नहुने हो भने यसको रोगवाट महामारीकै रुप नलेला भन्न सकिन्छ । डेङ्गु रोग फैलाउने पोथी जातको लामखुट्टे सफा पानीमा मात्रै बस्ने र यसले यसैमा फुल पार्ने भएकोले सरसफाइमा ध्यान दिदामात्रै पनि यस महामारीबाट बच्न नसकिने निश्चित भएको छ ।
कम्तीमा यस क्षेत्रका सबै संघ संस्थाहरुले तिहारमा देउसी खेलै जस्तै घरघरमा पुगेर यसको सचेतनाको देउसी खेल्नु जरुरी भैसकेको छ । हाल जिल्ला तथा कनकाई नगरपालिकामा कुनैपनि संघ संस्था नभएको टोल पाउन मुस्किल छ । आफ्नो ठाउँमा आपत् विपत परेको वेला काम नगर्ने संघ संस्थाको कुनै मुल्य हुदैन तर दुखद खबर छ कि आजसम्म यहाँ बगेल्ती खुलेका संघ संस्थाले आजसम्म यसको सचेतना र सफा पानी फ्याक्ने र डेङगु रोग फैलन नदिनका लागि कसैले नयाँ कार्यक्रमको आयोजन ागर्न सकिरहेको छैन । यसका लागि नगरपालिकाबाट कनकाईका नौ वटै वार्डमा विषादि छिट्ने काम भैरहेको छ । तर यो किताणु सफा पानीमा मात्रै बस्ने भएबाट समेत यसको निर्मुल हुन सकिरहेको छैन । कम्तीमा अवको महिनादिन सम्म यस क्षेत्रका सबै संघ संस्थाले प्रत्येक घर र टोल टोलमा गएर सचेतना फैलाउन आवश्यक छ । ढिला गर्दा तपाईँ हाम्रै घर परिवारलाई यस रोगले सताउने हुदा यस अघि अरुका लागि काम गरेका संघ संस्थाले अव कम्तीमा आफ्नो घर परिवार र टोलका लागि केहि गर्ने वेला आएको छ । डेङ्गु सचेतनामा ढिलाई किन ?
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा