कनकाई अनलाईन
काठमाडौमा । शसस्त्र जनयुद्धमा सहभागी हुँदा घाइते भएका योद्धाहरुको संघर्षको सत्यकथा समेटिएको पुस्तक ‘नमेटिने घाउ’ बिमोचन भएको छ ।एक नम्बर प्रदेश घाइते योद्धा प्रतिष्ठानले प्रकाशन गरेको ‘नमेटिने घाउ’ पुस्तक बुधबार गृहमन्त्री रामबहादुर थापा लगायतका नेकपाका नेताहरुले संयुक्त्त रुपमा काठमाडौमा बिमोचन गरेका छन ।
बिमोचनका क्रममा नेता र शुभेच्छकहरुले महान जनयुद्धमा सहभागी भएका घाइते योद्धाहरुको त्यागलाई बिर्सिएमा संघिय गणतन्त्रको अपमान हुने बताए । उनिहरुले घाइते योद्धाहरुको संरक्षणमा सरकारले बिशेष चासो दिनुपर्नेमा जोड दिए ।
‘नमेटिने घाउ’ पुस्तकमा जनयुद्धमा सहभागी भएर घाइते भएका एक नम्बर प्रदेशका बिभिन्न जिल्लामा बसोवास गर्दै आएका योद्धाहरुको संघर्षको सनसनीपुर्ण र ह्रदय बिदारक ३५ वटा कथाहरु समेटिएका छन ।
पहिलो पटक सहज रुपमा उपव्ध भएकाहरुलाई खोजेर महान जनयुद्धका घाइते योद्धाहरुको सघर्षका कथा भाग १ प्रकाशन गरेको र आगामी दिनमा थप घाइतेहरुलाई खोजेर पुस्तक प्रकाशन गर्दै जान प्रतिष्ठानका अध्यक्ष मणिकुमार साम्पाङले बताए ।विमोचनमा नेकपाका नेता प्रल्हाद बुढाथोकी , लेखनाथ न्यौपाने , मोरंङ १ नम्बर क्षेत्रका सांसद घनश्याम खतिवडा एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबो पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पा लगायतको सहभागीता थियो ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी