कनकाई अनलाईन
नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य झापा गाउँपालिका २ बस्ने चमनलाल माझी ९चमारु० र जिल्ला सदस्य झापा गाउँपालिका ३ बस्ने श्याम कुमार मैनाली ९कुमार० जिल्ला प्रशासन कार्यालय झापामा धरौटी बुझाएर रिहा भएसँगै दुवैजना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
विप्लवका कार्यकर्ता माझी र मैनालीलाई प्रहरीले असार २९ गते झापाबाट पक्राउ गरेका थिए। पक्राउ परेका माझीले ७५ हजार र मैनालीले ३० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
एक विज्ञप्ति प्रकाशन गर्दै विप्लव पार्टी परित्याग गरेका माझी र मैनालीलाई संविधानसभा सदस्य तथा नेकपाका जिल्ला पार्टी कार्यालयका सदस्य मोहन टुडु र जिल्ला सदस्य नरेश सन्जेलले अबिर लगाएर नेकपामा स्वागत गरेका छन् ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी